इटहरीमा कृषि बजारकालागि राज्यमन्त्री रामकुमारी चौधरीद्वारा जग्गा अवलोकन

इटहरी । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले प्रदेश १ कै सवैभन्दा ठूलो सुविधा सम्पन्न कृषि बजार स्थल निर्माणका लागि इटहरीमा जग्गा नीरिक्षण गरेकी छन् ।
इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले राज्यमन्त्री चौधरीलाई इटहरी वडा नम्बर ९, १० र ११ नम्वरमा रहेका सार्वजनिक जग्गा अवलोकन गराएका थिए । प्रत्येक प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न कृषि थोक बजार स्थल निर्माण गर्ने अभियानका क्रममा प्रदेश १ का लागि इटहरीमा अध्ययन सुरु गरिएको राज्यमन्त्री चौधरीले जानकारी दिइन् । उनले प्रदेश स्तरीय कृषि थोक बजार स्थल निर्माणका लागि कम्तिमा सात विगाह जग्गा आवश्यक पर्ने बताइन् । उनका अनुसार मन्त्रालयबाट केही दिनमै प्राविधिक र विज्ञ टोली पठाएर सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ । कृषि थोक बजार स्थलमा बिभिन्न किसिमका फलफूल र तरकारीका लागि अलग–अलग कोल्डस्टोर निर्माण गरिने छ । कृषि जन्य पदार्थहरुका परिक्षणका लागि प्रयोगशाला स्थापना गरेर विज्ञ राखिनेछ । कृषिजन्य उत्पादनको उत्पादन र विक्रीको अध्ययन अनुसन्धान गर्न अनुसन्धानशाला पनि बनाइने उनले जानकारी दिइन्।
वडा नम्वर ९ को गुद्रि बजारलाई ४० लाख
कृषि तथा पशुपक्षी मन्त्रालयबाट इटहरी–९ स्थित हटियाको स्तरोन्नतीका लागि ४० लाख रुपियाँ विनियोजन भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले त्यहाँको कृषि बजारको स्तरउन्नतीको डिपीआर तयार भइसकेको बताए । उनले चाडै काम सुरु गरिने जनाए । कृषि क्षेत्रको विकासका लागि बजेट विनीयोजन गरी प्रदेश १ कै आधुनिक थोक कृषि बजार इटहरीमा निर्माणको पहलका लागि उनले राज्यमन्त्री चौधरीलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *