वैज्ञानिक वन व्यवस्थापनमा प्याङ्ग्री लहरो बन्यो चुनौती

गछीया । वैज्ञानिक वन व्यवस्थापनमा प्याङ्ग्री लहरा (माइकेनीया) मुख्य चुनौती बनिरहेको इलाका वन कार्यालय लाटीझोडाका सहायक वन अधिकृत सल्लाहुदिन अन्सारीले बताएका छन् ।
शनिबार मोरङको गछीयामा आयोजित लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको चौथो साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सहायक वन अधिकृत अन्सारीले वनमारा झार चुनौतीको रुपमा फैलिएको बताए । यो झार २४ घण्टामा १.५ देखि ३ मिटर लम्बाइसम्म बढ्ने हुँदा वनमा फैलिएको उनको भनाइ छ । यो झारले कलिला विरुवालाई मात्र नभएर ५–७ मिटर अग्लो लाथ्रालाईसमेत हानी गर्ने अन्सारीले बताए ।
उनले प्रस्तुत गरेको प्रतिवेदनमा वैज्ञानिक वन व्यवस्थापनका लागि जनशक्ति अभाव हुदै गएको उल्लेख गरिएको छ । वन पत्ल्याउने, गोडमेल गर्ने, झाडी सफाई, वृक्षारोपण, विउ संकलन, तारजाली घेराबारामा जनशक्ति अभाव हुने गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै वैज्ञानिक वन व्यवस्थापन गर्ने कर्मचारीको पनि कमी भएको बताइएको छ । सालको विउ रोपिएको सव कम्पार्टमेन्टहरुमा बाँदरले विरुवा नष्ट गर्दा वैज्ञानिक वन व्यवस्थापनमा असर परेको जनाइएको छ । साथै उक्त वनमा व्यवस्थित घाटगद्दी नहुनु, वन समूहको आफ्नै भवन नहुनुले वैज्ञानिक वन व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणमा सभामा साझेदारी वनको तर्फबाट प्रतिनिधित्व गर्दै वैज्ञानिक वन व्यवस्थापनका अभियन्ता प्रकाश पौडेलले वैज्ञानिक वन व्यवस्थापनको माध्यमबाट आर्थिक समृद्धिलाई टेवा पु¥याउनु पर्ने बताए । उनले वनको वैज्ञानिक व्यवस्थापन नै समृद्धको आधार भएकोमा जोड दिए । साझेदारी वनको माध्यमले सवै नागरिकलाई वन उपभोक्ता बन्न सहयोग पुग्ने उनको भनाइ थियो । उनले वैज्ञानिक वन व्यवस्थापनको अवधारणा जनस्तरसम्म फैल्याउन आवश्यक रहेको बताए । त्यसैगरी नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष घनश्याम न्यौपानेले साझेदारी वनले सामुदायिक वनसँग सहकार्य गर्नुपर्ने बताए । सो साधारणसभामा लाटीझोडा साझेदारी वन व्यवस्थापन समिति संयोजक रुद्रप्रसाद पोखरेलले संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । यो वन प्रदेश १ को पहिलो साझेदारी वन हो ।

16Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *