इटहरी उपमहानगरपालिका कार्यालयमा नयाँ हाकिमद्वारा कार्यारम्भ

इटहरी । इटहरी उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले हाजिर भइ कार्यसम्पादन सुरु गरेका छन् । विमली जिल्ला समन्वय समिति मुस्ताङबाट सरुवा भइ इटहरी उपमहानगरपालिका आएका हुन् । उनले तेह्रथुम, सिरहा, पर्सा र दोलखाको स्थानीय विकास अघिकारीका रुपमा कार्य सम्पादन गरिसकेका छन् ।
यसैगरी कैलाली जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारी र टोखा नगरपालिकामा प्रमुख कार्यकारी अघिकृतको जिम्मेवारी वहन गरेका छन् । पर्यटन मन्त्रालयमा लामो समय रहेका विमलीसँग स्थानीय तहमा १४ बर्ष कार्य गरेको अनुभव छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कर्मचारी र जनप्रतिनिधि एकै रथका दुई पाङ्ग्रा भएकाले दुवैको सन्तुलन मिलेमा मात्र रथ गुड्न सक्ने बताए । उनले इटहरीमा १७ महिनामा चार जना प्रमुख प्रशाशकीय अधिकृत परिवर्तन भइसकेको बताए ब चाडै परिवर्तन नहुने अपेक्षा गरे । नयाँ प्रमुख प्रशाशकीय अघिकृत विमलीले नगरप्रमुखको नीति निर्देशनलाई पालना गर्दै उमहानगरको नीति कार्यावन्यनमा लागि पर्ने प्रतिवद्धता जनाए । स्वागत कार्यक्रममा इटहरी उपमहानगरका प्रशाशकीय अघिकृत दीपक दाहालले स्वागत मन्तब्य ब्यक्त गरे । निमित्त प्रमुख प्रशासकीय अघिकृत भूपेन्द्र कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए । प्रमुख प्रशासकीय अघिकृत छवि रिजालको गरिवी निवारण कोषमा सरुवा भएपछि इटहरी उपमहानगरमा एक महिना देखि प्रमुख प्रशासकीय अघिकृत विहिन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *