स्थानीय खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारमा पुर्याउने राज्यमन्त्री चौधरीको उद्घोष

बाँके । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारीकरणको लागि उच्चतम पहल गर्ने बताएकी छन् ।
नेपालगन्जको रामलिला मैदानमा खाद्य मेलाको शुक्रबार उद्घाटन गर्दै उक्त कुरा बताएकी हुन् । नेपालको परम्परागत खाद्य पदार्थहरु बजारीकरणको अभावले लोपहुदै गैइरहेको हुदा आवश्यक प्रचार प्रसारको लागि कृषि मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले मेलाको आयोजना गरिएको मन्त्री चौधरीको भनाइ छ । अब सामाजिक, परमपरागत र स्थानीय खानेकुराहरु स्वच्छ र पोषिला समेत हुने गरेकोले उत्पादनमा जोड दिनु पर्नेमा उनको सुझाव छ । बिदेशी खाद्य पदार्थको अनावश्यक प्रचारबाजीले उपभोक्ता अलमलमा परी मिसावटयुक्त र अस्वथ्य खाद्य पदार्थ उपभोग गरिरहेकोले त्यसलाई रोक्न मन्त्रालय लागि परेको उनको भनाइ छ । राज्यमन्त्री चौधरीले बिभिन्न जिल्लाहरुबाट आएका स्थानीय उपजहरुको स्टलहरु अवलोकन समेत गरेकी थिइन् । कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसी, गुण नियन्त्रण बिभाग महाप्रबन्धक सन्जिव कर्णको विशेष उपस्तिथि रहेको थियो । गुण नियन्त्रण कार्यालय नेपालगन्ज र सहआयोजक बाँके चेम्बर अफ कमर्सियलको आयोजनामा आयोजित मेला मसिर २८ देखि पौष १ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *