२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता

गलकोट/बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् । काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले बताउनुभयो । खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताउनुभयो ।
(श्रीजनमत साप्ताहिक वाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *