सिँचाइ आयोजनाको अवलोकन

भद्रपुर÷एशियाली विकास बैंकको एक प्रतिनिधिमण्डलले मेचीनगर–१४ दुहागढीमा रहेको हडिया रेगुलेटर सिँचाइ आयोजनाको स्थलगत अवलोकनका साथै उपभोक्तासँग अन्तरक्रिया गरेको छ ।
बैंक प्रतिनिधि विनिता साह खड्काको नेतृत्वमा झापा आइपुगेको प्रतिनिधिमण्डलले एडिवीले लगानी गरेका आयोजनाबाट स्थानीय उपभोक्ताले प्रत्यक्ष लाभ लिएका छन् कि छैनन् भनेर स्थलगत अवलोकनसहित अन्तरक्रिया गरिएको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा बैंककी प्रतिनिधि खड्काले बैंकले लगानी गरेका धेरै आयोजनामध्ये हडिया रेगुलेटर सिँचाइ आयोजना नमूनाका रूपमा रहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा सिएम आइएसपीका प्रमुख नुर मोहम्मद खानले १९८९ देखि नेपालमा एडिवीको सहयोगमा धरै योजनाहरू सञ्चालनमा रहेको उल्लेख गर्दै संरचनासहित मर्मत सम्भारका बारेमा विभिन्न समयमा तालिम प्रदान गरेको र आगामी दिनमा समेत निरन्तरता दिइने बताए ।
आयोजनाका अध्यक्ष शङ्करप्रसाद पोखरेलले कार्यक्रमको सात अर्ब २१ लाख ४१ हजार ७०० आयोजनाको स्वीकृत रकम भए पनि रु पाँच अर्ब २२ लाख ७१ हजारमा मैनाचुली सफल सरोज जेभी दमकले ठेक्का प्राप्त गरेको जानकारी दिए ।
उनले त्यसमा उपभोक्ताको धरौटी रकम प्रतिबिघा दुई हजारका दरले रु चार लाख रहेको, उपभोक्ताले प्रतिबिघा ३५ का दरले रकम सङ्कलन गरेको तथा पानीको बाडफाँड संरचना सातवटा रहेको बताए ।
उक्त सिँचाइबाट अनुमानित ९५२ घरधुरीकाले प्रत्यक्ष लाभ लिन सक्नेछन् । तत्कालीन दुहागढी गाविस–१, ७ र ८ का ३५० हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
हडिया रेगुलेटरको मुहान साबिक दुहागढी–६ र ९ बीच भागबाट हडिया खोलाको पानी बाँध बनाएर तीनवटा वडामा सिञ्चित गर्ने योजनााबट यसको शुरुआत भएको हो ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *