बालगुरु षडानन्दको योगदान कहिल्यै विर्सन नहुने :सभामुख

इटहरी÷प्रदेश एकका सभामुख प्रदिप भण्डारीले नेपालको इतिहाँसमा आबाल ब्रहमचारी बालागुरु षडानन्द अधिकारीको विशिष्ठ योगदान रहेको कुरा नेपालले कहिल्यै विर्सन नहुने बताएका छन् ।
प्रदेश एकका सभामुख भण्डारीले बुधबार सुनसरी जिल्लाको इटहरीस्थित षडानन्द स्मृति प्रतिष्ठानले आयोजना गरेको १८४ औ जन्मजयन्ति समारोहलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपालको शिक्षा आन्दोलनमा बालागुरु षडानन्द अधिकारीका विशेष र महत्वपूर्ण योगदान रहेको कुरामा जोड दिदै सभामुख भण्डारीले उनँकै योगदानका कारण पूर्वी नेपालमा शिक्षाको ज्योति फैलिएको स्मरण समेत गराएका छन् ।
सोही समारोहमा प्रदेश सभामुख भण्डारीले विश्वमा जति अध्ययन एवम अनुसन्धान भई रहेका छन ती सवै संस्कृत शिक्षाकै कारणले भई रहेकाले हामीले भाषाको जननी संस्कृत भाषाप्रति गम्भीर ढङ्गले ध्यान दिन भुल्न नहुने तर्फ सर्वको ध्यानाकर्षण समेत गराएका छन् ।
षडानन्द प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानले विदुषी बृन्दा बराल निरौलालाई दोसल्ला ओढाएर सम्मान गरियो ।
उक्त अवसरमा प्राध्यापक डा.बद्रीविशाल पोख्रेलले आबाल गुरु षडानन्द अधिकारले दिएको योगदानका विषयमा विस्तृत चर्चा गरेका थिए । साथै सो अवसरमा प्रतिष्ठानका सचिव कृष्ण अधिकारी, कृष्ण कार्की, रुद्र्र उप्रेती, डा. भीम खतिवडा लगायतले बोल्नु भएको थियो ।

(श्रीजनमत साप्ताहिक वाट)

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *