प्रविधिमा फड्को मार्दै लमही नगरपालिका

नारायणपुर/दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।

नगरका सूचना तथा जानकारी, बोलपत्र, दरभाउपत्र, पारित कानून, कार्यविधि, निर्णय, गर्ने सम्पूर्ण कार्य हेर्न सकिने गरी वेबसाइट निर्माण गरिएको नगरपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

सूचनालाई अपाङ्गमैत्रीपूर्ण बनाउन निम्न श्रव्य सूचनापाटीसमेत सञ्चालनमा ल्याइएको छ भन्दै उहाँले नमस्तेको सिम प्रयोगकर्ताले १६१८०८२५४०८५० नम्बर डायल गरेर नगरपालिकाका सूचना तथा जानकारी पाउन र सुन्न सक्नाका साथै टोल फ्री नं १६६०८२५४००० (नमस्ते सिमप्रयोग कर्ताका लागि मात्र) डायल गरी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको छ भन्नुभयो ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *