‘धार्मिक विविधता र जातीय बहुलबादबीचको एकता नै नेपालीको सुन्दर पक्ष

इटहरी÷सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवम जातीय बहुलबादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको कुरामा जोड दिएका छन् ।
मन्त्री पण्डितले बुधबार मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिकाको गोठगाँउमा पौडेल बंश प्रतिष्ठानद्धारा शुभामरम्भ गरिएको श्रीमद् बाल्मिकी रामायण नबाह महायज्ञको धार्मिक विविधपूर्वक समुद्घाटनपछि बोल्दै उनले सो कुरा बताएका हुन् ।
जातीय विविधता धर्म संस्कार संस्कृ–ति र त्यसउबीचको समान सहअस्तित्वका कारणले नै नेपाली समाज विश्व समाजमा विशिष्ठ उदाहरणका रुपमा रहेको पनी मन्त्री पण्डितले स्पष्ट पारेका थिए ।
जातीय एकता र सहअस्तित्वबीचको मिलन तथा सवैले मिलेर एक अर्काको धर्म संस्कार संस्कृतिप्रति समान सद्घाव राख्न सक्नु नै हामी नेपालीको विशिष्ठ पहिचान भएकाले यसलाई सँधै अक्षुर्ण कार्य राख्न पनि उनले आग्रह गरेका छन् ।
विश्व मावन शान्तिसँगै पौडेल बंश प्रतिष्ठानद्धारा महायज्ञस्थलमा सामुहिक सभाहल एक अन्य पुण्य कारोवकारस्थल निर्माणस्थल सहयोगार्थ महायज्ञ आयोजना गरिनु आफैमा सुन्दर पक्ष भएको पनि मन्त्री पण्डितको भनाई रहेको थियो ।
पौडेल बंश प्रतिष्ठानका अध्यक्ष विजय पौडेलको अध्यक्षतामा शुभारम्भ गरिएको महायज्ञ समारोहमा प्रतिष्ठानका सचिव उद्धव पौडेलले महायज्ञको औचित्यका विषयमा प्रकाश पारेका थिए ।
साथै उक्त अवसरमा त्यस क्षेत्रका बुद्धिजीवि समाजसेवी एवम राजनीतिक क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव सहित लोकप्रसाद सङ्ग्रौला लगायतले महापुराण सफलताका लागि शुभकामना दिएका थिए ।
त्यसअघि विश्व मानव शान्तिको कामना गर्दै ठडियाबाट निकिलएको शान्ति शोभा कलश यात्राले गोठगाउँ र सलकपुर लगायतको क्षेत्रको परिक्रमा समेत गरेको थियो । शोभा कलश यात्रा बाजागाजा सहति किर्तन गर्दै निकालिएको थियो ।      (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *