सिटामोल किन्न ६ घण्टाको यात्रा गर्न बाध्य संखुवासभाका बासिन्दा

संखुवासभा÷संखुवासभाको सभापोखरी गाउँपालिकाको वडा नम्बर ५, फाकुवा र सिक्दिमका स्थानीयहरु सामान्य ज्वरो आउँदा समेत ६ घण्टा धाएर बाह्रबिसे बजार जानु पर्ने बाध्यता छ ।
सभापोखरी गाउँपालिकाको केन्द्र रहेको बाह्रबिसे बजारमा मात्रै स्वास्थ्य संस्था र बजार पसल छन् । त्यसैले फाकुवा र सिक्दिमका स्थानीयहरु बिरामी परेमा डोकोमा बोकेर बाह्रबिसे झर्नु पर्ने बाध्यता रहेको स्थानीय सुरेश राईले बताए ।
‘गाउँपालिकाको केन्द्र बाह्रबिसे बजार तोकियो, सिक्दिम र फाकुवाका सर्वसाधारणहरु एक गोली सिटामोल लिन पनि ६ घण्टा धाएर बाह्रबिसे बजार झर्नुपर्छ । बिरामी परेमा डोकोमा बोकाएर बाह्रबिसे बजार जानु पर्ने बाध्यता छ’, उनले भने ।
फाकुवा र सिक्दिम दुई वटा वडा स्थानीय पुर्नसंरचनापछि बनेका नयाँ वडाहरु हुन् । ती वडाहरुमा न त प्राथमिक उपचार गर्ने कुनै सरकारी स्वास्थ्य संस्था छन, न त निजी क्लिनिक नै छ । पातलो गाउँबस्ती रहेको यहाँ सिकिस्त बिरामी परेमा ज्यान गुमाउन पर्ने बाध्यता रहेको स्थानीयहरुको भनाई छ । तत्काल कुनै उपचार गर्ने माध्यम पनि छैन ।सरकारी तथा निजी क्षेत्रबाट प्राथामिक स्वास्थ्य सेवा समेत पुग्न नसक्दा आधारभूत स्वास्थ्य सेवाबाट समेत यहाँका सर्वसाधारणहरु बञ्चित हुनु परिरहेको गुनासो उनीहरुको छ । साविक गाविस अहिले गाउँपालिका बने पनि उनीहरुको स्वास्थ्य समस्या जस्ताका तेस्तै रहेको राईले बताए ।
उनले भने, ‘स्थानीय सरकार बनेपछि सबै कुराको सुविधा हुन्छ भन्ने लाग्थ्यो, तर समस्या उस्तै रहेछ ।’ यहाँ सडक सञ्जाल नपुगेका कारण बिरामीलाई डोकोमा नै बोकेर बाह्रबिसे बजार पु¥याउनुको विकल्प समेत छैन ।यहाँ एउटा मात्रै स्वास्थ्य संस्था भई दिएपनि सहज हुने थियो सुर्य राईले भने । जिल्लाका धेरै अन्य ठाउँहरुमा एम्बुलेन्स बिग्रेर बिरामी अस्पताल पु¥याउन सकिएन भन्ने समाचार आउँछ, तर हाम्रो ठाउँमा डोको नै एम्बुलेन्स भएको राईले बताए । अप्ठ्यारो बाटोका कारण कहिले त बोकेर लैजान समेत समस्या भएको उनी भन्छन् ।
सिक्दिम र फाकुवामा प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी तत्कालै राख्नु पर्ने अवस्था रहेको सभापोखरी गाउँपालिकाका अध्यक्ष रत्न सुब्बाले बताए । ‘यी दुई वटा वडामा स्वास्थ्य समस्या अति नै आवश्यक छ । यहाँका स्थानीयहरु सामान्य औषधी लिन समेत घण्टौं हिँड्नु पर्ने बाध्यता मैले बुझेको छु । यस क्षेत्रलाई केन्द्रित गरेर स्वास्थ्य चौकीको स्थापना गर्न गाउँसभाले निर्णय गरेर अघि बढ्ने योजना छ’, अध्यक्ष सुब्बाले भने ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *