मीका सिंहको फेरि अर्को काण्डः १७ वर्षीया मोडललाई अश्लिल तस्बिर पठाएको आरोपमा पक्राउ

अघिल्लो साता बिहिबार दुबईको मुरक्काबात पुलिसले राति ३ बजे उनलाई पक्राउ गरेका थियो । उनीमाथि १७ वर्षीया मोडललाई अश्लिल तस्बिर मेसेज गरेको आरोप लागको छ । उनी एक कार्यक्रमका लागि दुबई गएका थिए ।

मीका विभिन्न कारणले विवादमा आइरहन्छन् । उनी स्टेजदेखि लिएर सडकसम्म अनेक हर्कतका कारण विभिन्न समयमा निकै विवादमा समेत तानिएका थिए ।

सन् २००६ मा राखी सावन्तको जन्मदिनको अवसरमा केट काटेपछि राखीलाई ओठका चुम्बन गरेपछि भएको तनावले राखी अदालतसम्म पुगेकी थिइन् ।

त्यतिमात्र होइन उनी स्टेज कार्यक्रममा गरेको व्यवहारका कारण पनि विवादमा आएका थिए । २०१५ मा नयाँ दिल्लीमा भएको एक कार्यक्रममा उनले एक जना डाक्टरलाई थप्पड हानेका थिए । कार्यक्रममा युवतीहरुको समूहमा नाँच्न रोक्दा रोक्दै पनि डाक्टरले नमानेपछि उनलाई थप्पड हानेको मीकाको आरोप थियो ।

त्यस्तै उनले २०१४ मा सडकमा रिक्सालाई ठक्कर दिएको आरोपमा ‘फाइन’ तिरेका थिए । उक्त रिक्सामा रहेका केही यात्रुपनि घाइते भएका थिए । तर उनले आफूले गाडी नचलाएको भन्दै सफाई दिएका थिए ।

उनीमाथि ‘कस्टम’ चोरी गरेको आरोप पनि लागको थियो । सन् २०१३ मा उनलाई मुम्बई एयरपोर्टमा भारी मात्रामा विदेशी मुद्रासहित आएका थिए । ग्रीन प्यानल पार गर्ने समयमा उनलाई कस्टम कर्मचारीले पक्राउ गरेका थिए ।   (रातोपाटी वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *