पार्टी सरकारमा सहभागी हुने कुनै संभावना छैन् :महतो

विराटनगर÷राष्ट्रिय जनतापार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफनो पार्टी सरकारमा सहभागी हुने कुनै संभावना नरहेको वताएका छन् ।
विराटनगरमा मंगलबार संचारकर्मीसग कुरागर्दै उनले संविधान संशोधन र रेशम चौधरी लगायत मधेश आन्दोलनमा पक्राउ परेका वन्दीहरुको रिहाई नभएसम्म राजपा सरकारमा सहभागी नहुने प्रष्ट पारे  । उनले मधेशको मागलाई थाती राखेर सरकारमा जानुको अर्थ नरहेको वताए ।
राजपाले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरेको भन्दै सरकारको राम्रो कामलाई समर्थन गर्नै र नराम्रा कामलाई विरोध गर्ने उनको भनाई थियो ।
संयोजक महतोले सरकारलाई दिएको सर्मथनको वारेमा अव वस्ने पार्टीको वैठकमा गंभिर छलफल हुने वताएका थिए ।
उनले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दापनि आफुहरुको माग प्रती सरकार गंभिर नभएकाले सरकारलाई दिएको सर्मथन फिर्ता लिने वा नलिने विषयमा आगामी वठकले निर्णय गर्ने वताए ।
संयोजक महतोले लोकतान्त्रीक मुल्य अनुसार सरकार चल्न नसकेको वताएका थिए । उनले मुलुकमा हत्या, हिंसा, वलत्कारका घटना चौतर्फी रुपमा वढदै गएपनि सरकारले त्यसलाई नियन्त्रणगर्न नसकेको आरोप समेत लगाएका छन् । उनले दुई तिहाईको वलियो सरकार भएकाले जनताले अनुभुतिगर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
एक प्रश्नमा उनले संघिय समाजवादी फोरम र राजपा विच एकताको संभावना नरहेकोजानकारी दिएका थिए । उनले एकताका लागी निति र नियत ठिक हुनुपर्नेमा जोड दिएका छन् ।   (श्रीजनमत साप्ताहिक वाट)

6Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *