नवजात शिशु मार्ने आमा पक्राउ

खाँदबारी÷मृतक नवजात शिशुसहित प्रहरीले एक महिलालाई पक्राउ परेको छ । संखुवासभाको खाँदबारी नगरपालिका–६ मयममा शिशुको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीया फूलमाया राईलार्ई पक्राउ गरेको हो ।
अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
उनले बच्चालाई आफैँ मारेको वा मरेको भन्ने यकिन हुन नसकोले थप अनुसान्धन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामसारु मगरले जानकारी दिए ।
राईका श्रीमान् टंकमान राईको १७ महिना अगाडि निधन भएको थियो । राईले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।
जानकारी पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिई कानूनी प्रकृयापश्चात शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती महिलाको जिल्ला अस्पताल खाँदबारी उपचार भइरहेको छ ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *