सरकार गतिशिल बनाउछौंः भट्टराई

इटहरी/नेकपाका नेता योगेश भट्टराईले सरकार गलत दिशामा नभएको बताएका छन् । सोमबार इटहरीमा होटल उत्सवको उद्घाटन गर्दै उनले सरकारले मज्जाले फड्को मार्न नसकेपनि सुतेर भने नबसेको बताए । जनस्तरबाट आएका गुनासोलाई प्रति गम्भिर हुदै सरकारलाई गतिशिल बनाइने नेता भट्टराईले बताए । कमि कमजोरी सच्याउदै आगामी वर्ष अझ राम्रो काम हुने नेता भट्टराईको दावी छ । निजी क्षेत्रलाई पर्याप्त काम गर्न सक्ने वातावरण बनाइने उनले प्रष्ट पारे ।
चालिस फिटको नेपालको झण्डा भएको होटल
इटहरीका युवा गोपाल घिमिरे लगायतले अढाइ करोडको लागतमा सञ्चालित होटल उत्सवको नेता भट्टराईले उद्घाटन गरेका हुन् । लिफट सहितको सुविधा भएको उत्सव होटलको अग्रभागमा ४० फिट अग्लो नेपालको झण्डा बनाइएको छ । सो झण्डाका कारण उत्सव होटल झण्डा होटलका नामले समेत परिचित हुदैछ । अत्याधुनिक सुविधा सम्पन्न २२ वटा कोठा र दुईवटा सेमिनार हलको ब्यवस्था गरिएको संचालक घिमिरेले बताए। सुपथ मूल्यमा स्टार लेवलको सुविधा उपलब्ध गराउने होटलको दावी छ । उद्घाटन समारोहलाई प्रदेश सांसद सर्वध्वज साँवा, इटहरीकी उपमेयर लक्ष्मी गौतम, संविधानसभाका पूर्व ससभासद रेवतीरमण भण्डारी र उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले शुभकामना मन्तव्य व्यक्त गरे ।
दुई बर्षमा पाथीभरामा केवलकार
कार्यक्रमलाई सम्वोधन गर्दै ताप्लेजुङका सांसद समेत रहेका नेकपाका नेता भट्टराईले दुई बर्षमा पाथीभरामा केवल कार पु¥याउने बताए । पाथीभरामा केवल कार पु¥याएर प्रत्येक बर्ष ताप्लेजुङ्गमा १० लाख पर्यटक जाने वातावरण बनाउने सुनाए । गत दशैका बेला एकैदिनमा १५ हजार पर्यटक पाथीभरा पुगेको उनले स्मरण गरे। देश विदेशबाट पाथीभरा जाने पर्यटक इटहरी हुदै जाने भएकाले इटहरीमा एक दिन बास बस्ने गरी होटलले कल्चर विकास गर्नुपर्ने नेता भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *