लैङ्गिक हिंसा विरुद्ध रतुवामाई नगरपालिका

रतुवामाई÷लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अन्तर्राष्ट्रिय अभियान रतुवामाई नगरपालिकामा सम्पन्न भएको छ । लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गर्दै नगरपालिकाले अभियान चलाएको हो ।
नोभेम्बर २५ देखि सुरु भएको अभियानको सोमबार अन्तिम दिनमा कार्यक्रममा सहभागिहरुले ¥याली सहित रतुवामाई नगरपालिका सिजुवा बजार परिक्रमा गरेका छन् । ¥याली पश्चात विश्वनाथ मन्दिरको सभाहलमा लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख रवीन राईले मुलुकमा बिभिन्न राजनैतिक परिवर्तन भएतापनि मानिसहरुको चेतनामा र व्यहारमा वास्तविक परिवर्तन आइनसकेकाले यस्ता लैङ्गिक हिंसाहरु समाजमा घट्ने बताए । नगरपालिकाले चेतना परिवर्तन गरेर समाजमा घट्ने हिंसाहरु न्यूनीकरण गर्दै निर्मलीकरण गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने बताए।
कार्यक्रममा नगर उपप्रमुख दयन्तदेवी चुडाल, प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरे, इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख मानप्रसाद श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक यज्ञ भट्टराई, महिला जनप्रतिनिधिहरु अनरवती पासवान र देवी सुवेदी लगायतले मन्तव्य राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *