राष्ट्रिय सम्पदाको विकासले मात्र समृद्धि सम्भव

  शालिग्राम पाण्डे
विश्व सम्पदा सूचिमा रहेकासम्पदा कै कारणले गर्भिलो र फराकिलो छाती पारेर हिंड्ने अवसर नेपालीले पाएका छन् । नेपालीका गर्भिला सम्पादाको रुपमा चिनिएको विश्वकै सर्वोच्च शिखर सगरमाथा हाम्रो शिरमा उभिएको छ । शान्तिका दूत, विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मस्थल नेपालकै लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लामा पर्दछ । प्राकृतिक विविधताले भरिएको सुन्दर नेपालको व्याख्या गर्दा विदेशीहरुले ‘बेहुली झै सिंगारिए’को भनेर चित्रित गर्ने गरेकै छन् । ‘चार वर्ण छत्तिस जात’को साझा फुलबारीको रुपमा चिनिएको नेपालका विभिन्न जातजाति, धर्म र सम्प्रदायका सांस्कृतिक, भाषिक संस्कार र संस्कृति नेपालका निधी अर्थात् सम्पत्ति हुन नै, विश्वलाई पनि तिनै संस्कार र संस्कृतिहरुले परिचित गराउँदै गईरहेको दृष्टान्तहरु हामीले देखिरहेकै छौं । सम्पदाको हिसाबले, जातजाति, धर्म, संस्कृति, संस्कारबाट पुलकित हुँदै प्रकृतिले बनाइदिएका मनोरम् दृश्यावलोकनका भूबनौटको संरक्षण, सम्बद्र्धन गर्न सकिरहेका छैनौं । हाम्रा समृद्धिका तिनै आधारहरुलाई हामी आफैले चिन्न नसकेरपूर्वाधार निर्माणमा पछि परिरहेका छौं ।
३० वर्ष अगाडिसम्म विपन्न, गरिब देखिएको कतारमा पेटूोलियमको खानी पत्तालगाएपछि अहिले विश्वकै समृद्ध धनि मुलुकमात्र भएको छैन नेपालीहरुको वैदेशिक रोजगारको प्रमुख गन्तव्यको रुपमा उभिएको छ । विकासका पूर्वाधार निर्माण गर्ने आधार नेपाललाई प्रकृतिले नै नदिएको होइन तर नेपालमा ति सम्पदाहरुको सदुपयोगमा भने नेतृत्व तहको अक्कल नपुगेकै हो, चुकेकै हो । जसका कारणले आजसम्म हामी राजनीतिक लडाईमै केन्द्रीत रहनु परेको दःखद्पूर्ण विडम्बना बोकेर हामी हिंडिरहेका छौं । ७ दशकसम्म लोकतन्त्रका लागि लडाई लडेका नेपाली अझै त्यसैमा अल्झिरहेका छन् । अझै कति राजनीतिक लडाईमै बित्ने हो कुनै टुंगो छैन ।
कृषिका निम्त उर्वराभूमि भएको देश नेपाल कृषिप्रधान मुलुक, प्राकृतिले दिएका बनजंगलमा भेटिने जडिबुटीहरुको भण्डार भएको देश, विश्वमै तेस्रो स्थान ओगट्न सफल जलस्रोतको धनी देशमा कुनै पनि एउटा विषयले प्राथमिकता पाउन नसक्नु नै औद्योगिक तथा आर्थिक क्रान्तिकोबाधक पक्कै बनेको छ । विश्वको आयस्रोतलाई हेर्ने हो भने नेपालीको आयस्तर अत्यन्तै न्युन स्तरमा रहँदा रहँदै पनि कसैको दास हुन नपरेको अर्थात् उपनिवेश भएर बाँच्न नपरेको अवस्था नै हाम्रा लागि गर्भिलो विषय बनेको हो । जस्तो सुकै कठीन परिस्थितिमा पनि नेपाल कसैका सामु झुक्नु परेन् अर्थात् कसैको उपनिवेश भएर बस्नु परेन्यो चाहि नेपालको लागि सुखद पक्ष नै हो । यो हाम्रा लागि गौरवको कुरा पनि हो । विश्व मानचित्रमा नेपाल देश सानो भएपनि यस देशको महिमा अपारम्पार र फराकिलो छ । पहिलेको पूर्खाहरुले आप्mनो देश प्रतिको माया, देश प्रतिको त्यागको भावना आदीले गर्दा नेपाल इतिहासको कालखण्डमा कसैको उपनिवेश हुनु नपरेको हो । यसकारण पनि हामीले गौरव गर्ने ठाउँहरु प्रशस्त छन् । तर आज भोली कता(कता हामीले नेपाल आमा, मातृभूमिलाई माया गर्न छाडेको, आप्mनो देश नेपाललाई राम्ररी चिन्न नसके झैं भएको छ। नेपाल आमाप्रति गर्नुपर्ने दायित्वबाट पन्छिने गर्नाले हामी आजपनि गरिबीको भुँमरीमा फस्नु परेको अवस्था अद्यावधिक छँदैछ ।
म नेपाली हुँ भनेर विश्वमा गौरव गर्ने प्रशस्त ठाउँ हुँदा पनि, सबै थोकबाट भरिपूर्ण रहँदा रहँदै पनि हामी गरिब भएको महसुस गर्दछौं । तर हामी गरिब होइन धनी छौं तर केवल हाम्रो मानसिकता चाहि गरिब देखिएको छ । हाम्रो चिन्तन, चेतनास्तर कमी भएको कारणले नै हाम्रो मानसिकता सानो छ । फराकिलो सोच, फराकिलो विचार र आस्थाबाट नेपाल र नेपालीको लागि काम गर्नै सकेका छैनौं । जसका कारणले साना तिना कुरामा भुलेर हामीले आप्mनो देश प्रतिको दायित्वबोध हुन नसकेकै कारणले हामी समयानूकुल परिवर्तन भई अगाडि बढ्न सकिरहेका छैनौं । हामी शासक चुन्छौं, जनताको काम गर्न पठाउँछौं तर कुर्सीमा पुगेपछि जोसुकै पनि स्वार्थले भपरिपूर्ण देखिन्छ । राष्टिूय स्वार्थ लिने शासक हामीले भेटेनौं तर व्यक्तिगत, पारिवारिक आसेपासेको स्वार्थमा लिप्त नेतृत्व धेरै भएकै कारणले पनि समय र परिस्थिति अनुसार उन्नति र प्रगतिको मार्गमा जान हामी सकेनौं र सकेका छैनौं यो कटुसत्य हो ।
देशमा के पर्याप्त छ । पर्याप्त वस्तुबाट के के सम्भावना छ ? नेपालको समृद्धि कहाँबाट हुन्छ ? कसरी हरेक नेपालीको आयस्तर बढाउन सकिन्छ, उनीहरुलाई रोजीरोटी दिने माध्यमहरु के के छन् ? उनीहरुको आर्थिक स्तर उकास्ने माध्यम कसरी पहिल्याउन सकिन्छ ?भन्नेतर्फ कुनै शासकको ध्यान जान सकेन् । फलस्वरुप नेपाली झन्झन् गरिब बन्दै गएका छन् । सीमिति व्यक्तिको हातमा कमाई देखिन्छ । पैसावालाहरु, पहुँचवालाहरुकै मात्र दलबलबाट आर्थिक लाभ लिइरहेका समेत देखिन्छन् । लामो समयसम्म नेपाल अस्थिर राजनीतिको शिकार भयो । विकासको बाधक पनि त्यसैलाई ठानियो तर अहिले दूई तिहाईको सरकार छ । उसले गरेका हरेक निर्णय अहिले कानुन बन्छन, कसैले हल्लाउन सक्दैन । तर पनि समृद्धिको बाटो पहिल्याउनेतर्फ ध्यान गएको देखिँदैन । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म दुई तिहाईको पहुँच बनाएको सरकारका समेत दिनहरु फगतमा बितिरहेका छन् । संघीयता लागु भएको छ । ७ वटा प्रदेशमा रहेका प्रदेश सरकारहरु कार्यक्रममा रिबन काट्नु सिवाय माखो मार्न सकिरहेका छैनन । हिजोका शासकहरुले किन देशमा समृद्धिको काम गर्न सकेनन् ? नेपालमा देखिएका सम्भावित क्षेत्रहरु के हुन ? विकास र समृद्धिको बाधक के छ ? कुन प्रदेशमा केको सम्भावना बढी छ ? केको विकास गर्दा जनता समृद्धि बन्छन् भन्ने खोजतलास, अनुसन्धान, अन्वेषण गर्दै त्यस्ता विषयलाई स्थानीय देखि केन्द्रसम्म उठाएर आ(आफ्नो प्रदेशको छुट्टै पहिचान बनाउन लाग्नु पर्ने हो तर त्यस्तो केही छनक देखिएको छैन । एउटा ह्वीम आएको छ( पर्यटन प्रवद्र्धन र बाटोघाटो बनाउने । त्यो पर्यटन प्रवद्र्धन गर्न के गर्नुपर्छ ? कहाँ कहाँ राम्रो पर्यटनको सम्भावना छ त्यसको खोजि भन्दा पनि कसको पहुँच कहाँ पुग्छ होस या नहोस् त्यही लगानी गर्ने परिपाटीको विकास समेत भईरहेको छ । बाटोघाटोको विषय पनि त्यस्तै छ । हिजोकै शैली, हिजोकै ढर्रा र हिजोकै प्रक्रिया र पद्दतिलाई अंगिकार गरेर अहिले पनि विकासका काममा राज्यको ढिकुटी दुरुपयोग भईरहेको छ । कालोपत्रे गरेका सडकहरु दुई चार महिनामा टिक्न नसक्ने गुणस्तरहिन बनेका छन् । धेरै ठाउँहरुमा सडकले नयाँ बस्त्र खोजेको छ तर बर्खाको समय पर्खिने गरिन्छ । जब बर्खा लाग्छ अनि हतार हतारमा सडक निर्माणका साधनहरु सडकमा गुडाउने गरिन्छ र एउटै सडकमा तीन, चार पटक दोहो¥याएर, तेह¥याएर रकम झ्वाम पारिने परिपाटी अहिले पनि कायम रहेको देखिन्छ ।
उता वैदेशिक सहायता वा ऋण लिन सरकार जतिखेरपनि तयार भएर बसेको छ । जहाँबाट जस्तो ऋण उपलब्ध हुन्छ हात थापिहाल्ने परम्परा नेपाली शासहरुको रोग नै हो । ऋण थप्दै जाँदा प्रत्येक नेपालीको थाप्लोमा कति ऋण थोपरिन्छ भन्ने हेक्का सरकारको दिमागमै आउँदैन । कहाँ बढी कमिशन मिल्छ ? कहाँ बढी भ्रष्टाचार गर्न सकिन्छ भन्नेमै अहिलेको सरकारकाप्रतिनिधिहरु पनि लागेको देखिन्छ । विकृतिहरु घट्नुको सट्टा अझ बढ्दैछन् । हत्या, हिंसा, बलात्कार र अपराध अझ बढेको महसुस भएको छ । सुशासन शुन्य छ । दुई दुई पटक खरबौं रकम सकेर संविधानसभाको निर्वाचनबाट संविधान प्राप्त भएको छ तर कानुनी राज्यको उपहाँस गरिएको अवस्था छ । बलत्कार गरेर हत्या भएको विषयले विश्वभरि बेइज्जतिको माध्यम बन्छ भने देशले कहिले फड्को मार्ला अन्यन्तै दुःखद् विषय बनेको छ ।
आर्थिक क्रान्ति गर्ने, समाजवादी लक्ष्य हासिल गर्ने भनेर लागेपनि हामीमा त्यो अनुसारको संस्कार देखिएन । पद्दति र प्रक्रिया अनि कार्यशैली पनि त्यता जाने रहेन । नेपालमा देखिएका, भेटिएका अमूल्य वस्तुहरुको पहिचान गर्न, विश्व बजारमा प्रचार प्रसार गर्नै हामीले सकेनौं तर पनि हामी समृद्धिको सपना बोकेर अनेकन प्रकारका प्रचारवाजी गर्दै यो गछौं र त्यो गर्छौ भनेर भाषणी कलालाई मात्र परिस्कृत गर्दै हिंडिरहेका हुन्छौं । सामान्य विषय नेपालमा पाइने कस्तुरीलाई हेर्दा काफि पुग्छ । त्यो कस्तुरीसँग विनायो हुन्छ तर विचारा त्यसलाई के थाहा त्यो विनायो मसँग छ भनेर । विनायोको महत्व थाहा नहुँदा, नचिन्दा र उसले कस्तुरीको संरक्षण गर्न नसक्दा कस्तुरी प्रजातिको जनावरले हिंस्रक जनावरबाट त्रसीत हुनु परेको छ । त्यस्तै अवस्था नेपालको समृद्धिमा नेपालीको रहेको छ । नेपालमा भएका मुल्यवान वस्तुहरु खोजी नगर्दा र त्यसको महत्व थाहा नपाउँदा हामी गरिब हुनु परेको छ । देशमा भएका बहुमुल्य जडिबुटी जंगलमै सडिएर गईरहेका छन् । अलिअलि चिनिएका जडिबुटी पनि कौडीका मूल्यमा विदशतिर निर्यात भईरहेका छन् । पानीको लागि विश्वमै नाम कमाएका छौं तर त्यसबाट निकाल्ने विजुली बाल्न भारतको सहारा लिन्छौं । लोडसेडिङको मार खेप्छौं, उद्योगधन्दा, कलकाखाना बन्द गर्छौ तर अपार जलस्रोतको सदुपयोग गरेर विश्वबजारमा नेपालको विजुली बाल्ने इच्छाशक्ति, चाहना नै राख्दैनौं भने समृद्धि कसरी सम्भव होला ?
मरुभूमिमा विदेशबाट रुखविरुवा र झार हवाईजहाजबाट लगेर हरियाली बनाएका छन् । तर प्राकृतिक सम्पदाको अपार भण्डार रहेको देश नेपालमा पर्यटकीय स्थल निर्माण गर्न भन्दै वर्षैपिच्छे विभिन्न कार्यक्रम ल्याउनु परेको छ । यति पर्यटक भित्र्याउने, उति पर्यटक भित्र्याउने भनेर संख्या गन्दै दिन कटाउँदै गर्दाको अवस्थाबाट पर्यटकको विकास, पर्यटन प्रवद्र्धन कसरी होला हास्यास्पद देखिएको छ । यद्यपि प्राकृतिले दिएका सौन्दर्यतालाई सुरक्षित गरेर अगाडि बढ्ने हो भने नेपालको पर्यटनको समेत भण्डार नै रहेको छ । विश्वलाई लोभ्याउने पर्यटकीय स्थलहरु नेपालमा धेरै रहेका छन् ।
त्यस्तै हाम्रो कला संस्कृति, धर्म, रिति परम्परा, लोकनृत्य, हाम्रो हरियाली बगैंचा हामीले उपभोग गर्ने अन्न फलपूmल, हरेकको छुट्टै महत्व रहेको छ । नेपालमा रहेका धार्मिक स्थलहरुलाई विश्वमा चिनाउने हो र ती धार्मीक स्थलमा भक्तजनहरु जान सहज याताायतको सुविधा, बस्न खानको सुविधा आदी मिलाउने हो भने विश्वका भक्तजनहरु नेपाल आउन सक्ने र नेपालको विविधताले उनीहरुलाई प्रभाव पार्न सकेमा बैदेशिक मुद्रा आर्जनमार्फत नेपालीको समृद्धिको सपनालाई मलजल पु¥याउन सक्ने देखिन्छ ।
बुद्धको जन्मभूमि लुम्बि पर्यटकका लागि हिरा बन्न सक्छ । तर त्यो ठाउँलाई अहिलेसम्म पूर्ण रुपमा पर्यटकीय स्थल बनन सकिरहेको छैन । त्यसलाई विश्व बजारमा प्रचारप्रसार गर्नै सकिरहेको छैन । पुरातात्विक महत्वका विषयहरुको संरक्षण, सम्बद्र्धन र जिर्णोदार गर्नै सकिरहेका छैनौ । बुद्धका उपदेशलाई विश्वमाझ पु¥याउन पहिला त लुम्बिनीलाई बुद्धमय, बुद्धका क्रियाकलापले जडित क्षेत्र बनाउन सक्नु प¥र्यो । बुद्धका विषयमा अध्ययन गर्न विश्वमा ठूला ठूला विश्व विद्यालयमाहरु बन्न लागेकाछन् तर नेपालमा बुद्ध र बुद्धको शान्ति सन्देश फैलाउने विषयमा विद्यावारिधि गर्ने अवसरहरु पनि पाइँदैन भने यो भन्दा दुखद् नेपालीका लागि के हुनसक्ला ?बुद्धको जन्म भुमि नेपाललाई सबैले माया गर्ने गरी कुनै नयाँ ठोस योजना हामीले किन ल्याउन सकिरहेका छैनौ ? हामीले किन हाम्रो अलौकिक सम्पत्तीलाई पहिचान गर्न सकिरहेका छैनौ ? हिजोको तुलनामा आज हामी अझ दुख खेप्न लागी रहेकाछौं । न्यायको लागि विश्वलाई चकित बनाएको गोरखा ‘न्याय नपाए गोरखा जानु’ भन्ने देशमा न्याय आज किन खोजिँदैछ ?तत्कालिन गोरखाका राजा रामशाहको ‘न्याय’ देश विदेशमा चर्चित थियो ? हामीले रामशाहको न्यायलाई युगले माग गरेको समाजले चाहेको ढंगले रामशाहको जस्तो चर्चित न्याय हाल कायम राख्न सक्नु पर्ने थियो । नेपालीले अन्य देशको विकास, रहनसहन, न्याय, शिक्षा आदी अनुकरण गर्नुपर्ने आवश्यक छैन् । नेपालीले आप्mनो इतिहास रचेका कुरालाई पहिले हाम्रा पिता पूर्खाले चलाएका रिति रवाज, कृषि, उद्योग आदीमा परिमार्जन गर्दै समाजको माग अनुसार हामीले हामीलाई परिस्कृत गर्दै लगेको भए आज नेपाली युवाहरु रोजगारको लागि विदेशीनु पर्ने अवस्था आउने थिएन ।
अर्को विकृतिको जड बन्दै गएको छ द्रव्य अर्थात पैसा । पैसा भएका र नभएका दुई थरी हामी छौं । पैसा भएकालाई अझ धेरै पैसा चाहिने र नभएकालाई परिवारिक गर्जो टार्नै पर्ने । जसका कारण पैसाको पछि कुद्ने परिपाटीको विकास भएको छ । पैसाका कारण आदर्श भुलेका छौं । नैतिकता, इमान्दारिता, परोपकारीता, विवेकशिलता, सतकर्म, नीति, संहिता, सेवाभाव सबै बिर्सिसकेका छौं । पैसाका कारणले अहंकारले डेरा जमाउँदै गएको छ । काम,क्रोध, लोभ, मोह, बैमनस्यता बढ्दै गएको छ । यदि हामीले हाम्रो समाजलाई अगाडी बढाउने हो भने , समाजलाई सभ्रान्त बनाउने हो भने, समाजमा शान्ति स्थापना गर्ने हो भने हामीले हाम्रो दिमागमा रहेका गलत भावना सबै त्याग गर्ने बाचा गर्नु पर्छ । सदाचारीता, नैतिकता , सत्चरित्र, सेवाभाव, संवेदनात्मक आदी त्याग गर्नु पर्ने देखिन्छ । अहँकारको भावनाले चरम रुप लिएकाले अरुलाई अपहेलित गर्ने, दबाउने, लुट्ने सोचको विकास अत्याधिक भईरहेको छ । अरुलाई हपहेलित गर्दा, तिरस्कृत गर्दा हामी आफुलाई ठूलो सम्झने गर्दछौं जसले गर्दा समाज विकृत हुँदै गएको छ त्यति मात्र होइन विज्ञान र प्रविधिको गलत उपयोग र हामी भित्रको अहंकारले समाजमा विकृति विसंगति भित्रि रहेको अवस्था छ । हाम्रो समाजलाई सभ्रान्त, उन्नत, शान्तिप्रिय बनाउन हामीले नेपाल आमा प्रतिको कर्तव्य कहिल्यै बिर्सनु हुँदैन ।
नेपालीहरुको रहन सहन, रितिरीवाज, विभिन्न खालको फरक संस्कृति, विभिन्न चाडपर्वहरु, जन्म, बिबाह, मृत्यू आदि संस्कार । तराई, पाहाड, हिमाल आदी जैविक विविधता, हावापानीको विविधता आदी हामीसंग असंख्य विविधताहरु छन् । जैविक विविधताका कारण नेपालमा हरेक वनस्पतिहरु पाइन्छ औषधीजन्य वनस्पति, धातु, जीव, आदी नेपालमा त्यत्तिकै खेर गएको अवस्था छ । हाम्रो धर्म संस्कार अनुसार हामी धेरै धनी छौं नेपालमा हिन्दुधर्मावलम्वी र बुद्ध धर्म, किराँत मुन्धुम, मुस्लीम आदी धर्म मान्नेहरु देखिन्छन् । हिन्दु धर्म प्रथम र द्वापर युगमा पुष्प विमान रहेको बेद, उपनिषदहरुमा रहेको छ । विश्वमा हिन्दु धर्ममा आधारित ४ बेद र १८ पुराणलाई अहिलेका विश्व विख्याद विद्वानहरु, इतिहास विद, खोजकर्ता , ज्योतिष, बैज्ञानिक आदीले गहिराईसम्म पुगेर अध्ययन गरिरहेको अवस्था छ । वेदर पुराणका अलावा गिता, रामायण, महाभारत तथा उपनिषदमा भएका कुराहरु हाम्रो घर व्यववहार चलाउन र समाज सुधारमा अग्रगति प्रदान गर्ने खालका देखिन्छन् । यि र यस्ता विविध विषयले भरिपूर्ण नेपालको भूमिमा भएका र जातजाति, धर्म र समुदायमा रहेका संस्कार र संस्कृतिको जगेर्ना आर्थिक उन्नतिका बाटाहरु खोजेको खण्डमा मात्र समृद्धिको सपनाले सार्थकता पाउँला नत्र काने गोरुलाई औसी न पुर्ने ? भाषण गर्ने गरिरहन्छन, लुकिचोरी खाने खाईरहन्छन र पिडा बोकेर हिंड्ने हिँडिरहन्छ । बेलैमा चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *