बराहक्षेत्रमा श्रीराम तारकब्राह महायज्ञ हुने

इटहरी÷रामानन्द सेवापीठ बराहक्षेत्र चतरामा यही माघ २६ देखि श्रीराम तारकब्राह महायज्ञ नेपालको भूमिमा पहिलो पटक आयोजना गरिने भएको छ । रामानन्द सेवाचार्य पीठका सिद्धबाबा कृष्णदासजी महाराजको परिकल्ना एवम सङ्कल्पमा ७०४ बर्षपछि इतिहाँसमा नै पहिलो पटक बराहक्षेत्रको चतरामा यो महायज्ञ आयोजना गर्न लागिएको हो । पृथ्वी हरित क्रान्ति सहित सम्पूर्ण जीवजन्तु बनस्पती एवम जल तथा थलको कल्याणका लागि पहिलो पटक उक्त महायज्ञको आयोजना गर्न लागेको सिद्धबाबा डा. कृष्णदासजी महाराजले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
महाशिवारत्रीदेखि एक अर्ब साठी करोडको सङ्ख्यामा श्रीराम तारकाब्राह मन्त्रराजको जप अनुष्ठन गरिने तथा १२ करोडको हवन समेत गरिने योजना रहेको कृष्णदासजी महाराजले जानकारी दिए । साथै उक्त महायज्ञमा ४ करोडको पूजा अर्चना सहित पूर्णाहूति आगामी फागुन ७ गते हुने जानकारी समेत दिइएको छ । देश विदेशका साधु सन्त योगी तपश्वी आदिको सघन सहभागिता रहने उक्त महायज्ञले विशेषगरी पृथ्वी बचाउन पूर्ण रुपमा विश्वलाई एक नविनतम सन्देश दिने विश्वस गरिएको छ । मानव जीवनको प्रादुर्भाव भएको कौशिकी कोका तट बराहक्षेत्रबाट नै मानव जीवनको प्रादुर्भाव भएकाले यहीबाट पृथ्वी र मानव कल्याणका लागि उक्त महायज्ञ मार्फत विश्व शान्तिको कामना समेत गर्ने बताइएको छ । उक्त कार्यका लागि १८ करोड रुपियाँको लगानीमा ४ हजार मानिस सुविधायुक्त ढङ्गले बसोवास गर्ने क्षमताका पक्की आवास भवनहरु समेत निर्माण भइ रहेको बताइएको छ । रामानन्द सेवचार्या पीठका अध्यक्ष गणेश सुब्बा विरहीको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा गोविन्दप्रसाद तिवारी, मुरारी सुवेदी लगायतले उक्त महायज्ञको पूर्व तयारीका विषयमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *