जेब्रा क्रसिङ बनाइयो

इटहरी÷बुढी गंगा बचत तथा ऋण सहकारी संस्थाले मोरङको बासबारीमा जेब्रा क्रसिङ्ग बनाउन शुरु गरेको छ । संस्थाका अध्यक्ष दधिराम ढुंगाना र लेखा संयोजक विनोद भट्टराईको आर्थिक सहयोगमा सुन्दरहरैंचा साबिक सुन्दरदुलारीका बिभिन्न स्थानमा जेब्रा क्रसिङ्ग बनाउन थालिएको हो । आफ्नो एघारौ स्थापना दिवसको अवसरमा पूर्व सभापति दधिराम ढुंगाना, प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक ढुन्डिराज गिरीको प्रमुख अतिथ्यता तथा समाजका बुद्धिजीबी, सेयर सदस्य, स्थानीयहरुको सहभागितामा जेब्रा क्रसिङ्ग बनाउन थालिएको हो । सो अवसरमा बोल्दै सभापति दधिराम ढुंगानाले सहकारी संस्थाले आफूले बिभिन्न सामाजिक दायित्व पूरा गर्ने क्रममा जेब्रा क्रसिङ्गबाट पैदल यात्रुहरुलाई बाटो काट्न सहज होस भनेर जेब्रा क्रसिङ्ग बनाइएको र यस्ता सामाजिक कार्यहरु निरन्तर गरिने कुरा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *