दुई नम्बर वडामा कार्यालय भवन सिलान्यास

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर २ को कार्यालय भवन शिलान्यास गरिएकोछ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आइतबार भवनको शिलान्यास गरेका हु्न् । तल्लो तलामा पाँच वटा कोठा र माथिल्लो तलामा सभाहल रहने गरिएको भवन निर्माणको योजना रहेको वडा नम्वर २ का अध्यक्ष हर्कबहादुर मगरले बताए । करिव ९७ लाख लागत अनुमान गरिएको वडाध्यक्ष मगरले जानकारी दिए । सुन्दरदेवी मन्दिर परिषरमा तीन कठ्ठा क्षेत्रफलमा भवन निर्माण थालिएको हो । इटहरीका आफ्नै वडा कार्यालय भवन नरहेका वडाहरुमा भवन निर्माणको सुरुवात वडा नम्वर २ बाट गरिएको वडाध्यक्ष मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *