इटहरी उपमहानगरले दियो स्वास्थ्यकर्मीलाई तालिम

इटहरी । इटहरी उपमहानगरमा कुपोषण भएका बालाबालिकाको संख्या बढदै गएको पाइएपछि इटहरी उपमहानगरले स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको छ ।
एसओएस बालग्रामको सहयोगमा शिघ्र कुपोषणको एकीकृत ब्यवस्थापन कार्यक्रम अन्तर्गत स्वाथ्यकर्मी तथा सामुदायिक सहजकर्ताहरुलाई चार दिने तालिम दिइएको इटहरी उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरीले जानकारी दिए। प्रमुख चौधरी, नेपाल डाइटिसियन एसोसिएसनका तालिम संयोजक पोषण विज्ञ चन्द्रमणी पौडेल, जनस्वास्थ्य निरीक्षक दामोदर गौतम, स्वास्थ्यकर्मी रामकुमार धमला, बालकृष्ण गौतमले तालिमको सहजिकरण गरेका थिए ।
कुपोषण पत्ता लगाउने तरिका, उपचार विधि, मातृशिशु तथा बाल्यकालिन पोषणमा परिवारको भूमिका लगायतका बिषयमा तालिम दिइएको जनस्वास्थ्य निरीक्षक दामोदर गौतमले जानकारी दिए । तालिममा ३० जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *