कृषि सूचना प्रसारमा राज्यमन्त्री चौधरीको जोड

 कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले किसान, खाद्य उद्यमी, सेवा प्रदायक र उपभोक्ताबीच सहकार्य हुनु पर्ने बताएकी छन् ।
सुनसरीको इटहरीमा शुक्रबार सुरु भएको खाद्य मेलाको उद्घाट गर्दै राज्यमन्त्री चौधरीले परम्परागत खाद्य पदार्थसँग सम्बन्धित उद्यमी व्यवसायीहरुले आन्तरिक तथा बाह्य बजारमा सम्बन्ध स्थापित गर्नु पर्ने बताइन् । उनले किसान र व्यवसायीवीच कृषि क्षेत्रका वैज्ञानिक एवम् नयाँ सूचना आदान–प्रदान हुनु पर्नेमा जोड दिइन् । खाद्य उद्यमी तथा व्यवसायीहरुले उत्पादन गरेको खाद्य वस्तु स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउनु पर्ने आजको आवश्यकता भएको उनको भनाइ थियो ।
खाद्य प्रविधि तथा पोषण क्षेत्रमा अनुसन्धान भएका खाद्य परिकारहरुको जानकारी आम नागरिकले पाउनु पर्ने उनले बताइन् । राज्यमन्त्री चौधरीले स्वाच्छ जिवन जिउन स्वास्थ्य खाने कुरा खान सुझावसमेत दिइन् । उनले स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुको जानकारी गराउने योजना मन्त्रालयले अगाडि बढाएको जानकारी पनि दिइन् । उनले देशलाई माछा, मासु र दूग्ध पदार्थमा देशलाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउनु पर्ने बताइन् ।
खाद्य मेलाको उद्घाटनका अवसरमा शुभकामना मन्तव्य दिदै घरेलु तथा साना उद्योग प्रतिनिधि राजेन्द्रकेशरी घिमिरेले साना उद्योगीहरुको पहुँच विस्तार कार्यक्रम ल्याउन मन्त्रालयलाई सुझाव दिए । त्यसैगरी उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले मेला सफलताको शुभकामना दिएका थिए । खाद्य मेलाबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरका प्रमुख प्रमोद कोइरालाले प्रकाश पारेका थिए । मेला मंसिर २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *