इटहरीका मेयर सार्वजनिक जग्गा खोज्न सक्रिय

इटहरी । इटहरी–९ मा डिभिएम स्कुलले हडपेको तीन विगाह तीन कठ्ठा, तीन घुर सार्वजनिक जग्गामा जनता पार्क उद्घाटन गरेको भोलिपल्ट बिहानै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी इटहरी १६ नम्वर वडा पुगे । एसओएस वालग्राम देखि अगाडी मुख्य बाटोसँगै जोडिएको छ कठ्ठा सार्वजनिक जग्गाको निरीक्षण लागि उनी त्यहाँ पुगेका हुन् । वडाध्यक्ष जीतनारायण चौधरी, वडासदस्य तेजनारायण चौधरी र इन्जिनियर भवेन्द्र चौधरीसहित मेयर चौधरी सार्वजनिक जग्गा खोजी अभियानमा निस्किएका हुन् । त्यहाँ रहेको छ कठ्ठा जग्गामा पुनः अमिन ल्याएर जाँचवुझ गरी ऐलानी जग्गा छुट्याइ घेरावार गरिने मेयर चौधरीले बताए । उनले त्यहाँ पनि पार्क निर्माण गरिने बताए ।
जनता पार्क उद्घाटनका क्रममा मेयर चौधरीले प्रत्येक वडामा पार्क निर्माण गरिने बताए। त्यहाँ पार्क सँगै पुस्तकालय समेत स्थापनाका लागि सम्भाब्यता अध्ययन गरिने वडा सदस्य तेजनारायण चौधरीले बताए । इटहरीका मेयर द्वारिकलाल चौधरीले मेयर भए लगत्तैदेखि इटहरीमा सार्वजनिक जग्गा खोजी अभियान सुरु गरेका हुन् ।
सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी अभियान तिव्र बनाइ इटहरीवासीलाई फाइदा हुने गरी प्रयोग गरिने मेयर चौधरीको भनाई छ ।
जग्गा खोजी टोली सक्रिय
इटहरी उपमहानगरले सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी अभियान तिव्र वनाउन नम्वर १३ का अध्यक्ष शिवनारायण चौधरीको संयोजकत्वमा समिति बनाएको छ । अहिले यो समितिले वडा–वडामा पुगेर खोजी अभियान चलाइरहेको छ प्राविधिकसहित प्रत्येक वडामा पुगेर अनुगमन जारी रहेको अध्यक्ष चौधरीले बताए । वडामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज लगायतसँग सर्वपक्षीय छलफल गरिदैछ । उद्योग वाणिज्य संघ, नागरिक समाज र बुद्धिजिवीसँग समेत छलफल गरेर समिति अघि बढ्ने उनले जनाए । वडावडामा गरिने छलफल र परामर्शबाट सार्वजनिक, पर्ति, ऐलानी जग्गा कहाँ कति छन् जानकारी प्राप्त हुने अध्यक्ष चौधरीले बताए
कति छ इटहरीमा सार्वजनिक, पर्ति, ऐलानी जग्गा ?
यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा बनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन बुझाइसकेको छ । सो समितिले बुझाएको प्रतिवेदनमा खोलानाला, पोखरी, मठमन्दिरले चर्चेको सहित इटहरीमा ९ सय ९५ विगाह ६ का डेडधुर जग्गा ऐलानी, पर्ति, जग्गा रहेको छ । साविकको इटहरीमा २ सय ३० विगाह ७ धुर, खनारमा ३ सय २६ विगाह,१९ का ११ धुर, एकम्वामा १सय७३ विगाह १६ का ११ धुर, पकलीमा १ सय २२ विगाह ६ का ५ धुर र हाँसपोसामा १ सय४१ विगाह १५ का १५ धुर जग्गा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *