प्राङ्गारिक मल प्रयोग गर्न राज्यमन्त्री चौधरीको सुझाव

काठमाण्डौं । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले माटो नै मानव जिवनको जिउने मूल आधार भएको बताएकी छन् । विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रममा खाद्यन्न उत्पादनको मुख्य स्रोत माटो नै भएको उनको भनाइ छ । मन्त्री चौधरीले भनिन्–‘पृथ्वीको उत्पादक माटो बन्न करोडौं बर्ष लागेकोले माटोलाई बचाउनु भनेको नै दिगो उत्पादनलाई टेवा पु¥याउनु हो ।’ माटो नै समस्त मानव सभ्यताको एक मात्र ठोस आधार भएको उनको भनाइ छ । माटोमा रासायनिक मल र बिसादीको प्रयोगले बिग्रिदै गैइरहेकोप्रति मन्त्री चौधरीले चिन्ता व्यक्ति गरिन् । माटोलाई जिवित उत्पादकत्व राख्नलाई प्राङ्गारीक मल प्रयोगमा व्यापक वृद्धि गर्न जरुरी रहेको उनको सुझाव छ । प्राङ्गारिक मल व्यवस्थापनमा एक अर्ब भन्दा बढी रकम बिनियोजन समेत गरेको राज्य मन्त्री चौधरीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *