एक सय बहत्तर परिवारलाई राहत वितरण

मार्तडी/बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ ।

गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो ।

ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका ११० विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको उक्त संस्थाका जिल्लास्तरीय कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताउनुभयो ।

बुधबार आयोजित कार्यक्रममा बाढीपहिरोपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, मानव संशासन केन्द्र र बडीमालिका नगरपालिकाबाट ११५ थान त्रिपाल उपलब्ध गराउनुका साथै खानेपानीका नौ वटा मुहानका लागि पाइप वितरण गरिएको नगरउपप्रमुख कविता विष्टले जानकारी दिनुभयो ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *