सम्झने छन् साराले पुराना प्रेमका कथा।।।

  जिवेन्द्र सिम्खडा

जम्माजम्मी एकपटक भेट । तर, सम्झना अनेक छन्, गीति कथाजस्तो ।

प्रसङ्ग हो, स्वरसम्राट नारायण गोपालका गीत गुन्जिएको मेरो जीवन यात्राको ।

ताल, सुर, राग, लय खजमजिएको मेरो जीवनका अनेक यात्रा, मोड र कुइनेटोमा शब्द, सङ्गीत र स्वरको बेजोड सङ्गम भएका नारायण गोपालका कालजयी गीत सुनिए । अतिशयोक्तिपूर्ण लाग्न सक्छ यो संश्लेषण, सत्य फेरि पनि यही हो ।

गुलाफको फूललाई जे नाम दिए पनि त्यसको सौन्दर्यमा कुनै फरक नपरेझैं नारायण गोपालका अजम्बरी गीत जसले, जहाँ र जसरी सम्झे पनि ती गीतका ओजमा कुनै फरक पर्दैन नै । त्यसैले नारायण गोपालका गीत गडेका आफ्नो यात्रा सम्झना सुनाउँदै छुस् सत्यम्, शिवम्, सुन्दरम् १

।।।

अशोक सिलवालले बाटाभरि ज्ञानु राणासँगको वार्तालाप विवरण पुलकित हुँदै सुनाइ रह्यो ।

‘मिस नेपाल’ आयोजक संस्था हिडेन ट्रेजरले केही वर्षयता अर्को पनि एउटा कार्यक्रम गर्छ, अविरल यात्रा शीर्षकमा । अविरल यात्रा, नेपाली गीत सङ्गीतमा कम्तीमा पाँच दशक समर्पित कुनै एक स्रष्टामा केन्द्रित हुने साङ्गीतिक कार्यक्रम हो ।

अविरल यात्राको पहिलो र दोस्रो शृङ्खला क्रमशः गीतकार यादव खरेल र सङ्गीतकार दीपक जङ्गममा समर्पित थियो भने तेस्रो शृङ्खलाका लागि गायिका ज्ञानु राणा स्रष्टा छानिएकी रहिछन् । यादव खरेल र दीपक जङ्गमको जस्तै ज्ञानु राणाको जीवनगाथा तयार पार्ने जिम्मा अशोककै रहेछ ।

अशोक बहुप्रतिभाशाली छ, ऊ पत्रकार हो, लेखक हो र पर्यटक पथप्रदर्शक पनि । गत साउनमा कैलाश मानसरोवर कोरामा गएको थियो, फर्के लगत्तै उसले गायिका राणासँग सघन वार्ता गरेको रहेछ ।

कुपन्डोलबाट हामी सहिद शुक्रराज जोशी शास्त्रीको शालिकलाई दायाँ पार्दै अघि बढ्यौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पस कटेपछि पाटनढोका नपुग्दै समुराइ रेस्टुराँमा छि(यौँ ।

पस्नासाथै सुखद अनुभूति भयो, एउटा सङ्गीत स्रष्टाको कुरा गर्दै गएका थियौँ हामी, रेस्टुराँको भित्तामा पाँच जना सङ्गीत स्रष्टाको तस्बिर सजाइएको रहेछ १

गीतकार रत्नशमशेर थापा, गायकहरू फत्तेमान राजभण्डारी, शिवशङ्कर मानन्धर, दीप श्रेष्ठ र नारायण गोपाल गुरुबाचार्यका तस्बिर लेमिनेसन गरेर झुण्ड्याएका । नारायण गोपालको तस्बिर चैं काउन्टर नजिकै ।

अशोक र मैले रेस्टुराँ मालिक नेपाली गीत सङ्गीतका पारखी रहेछन् भन्ने लख काट्यौँ ।

मेरो अर्का साथी छन्, दुर्गामान सिंह डङ्गोल । ब्रह्मटोलका ज्यापुका छोरा दुर्गामान कृषि अनुसन्धान परिषद् ९नार्क०मा काम गर्छन् । म ताहाचलकी ज्यापु आमाको घरमा डेरा बस्दादेखिको साथी । कुनै तेस्रो साथीसँग परिचय गराउनु पर्दा म भन्थेँ पनि, दुर्गामानजी ब्रह्म टोलका ज्यापु, म ज्यापुको घरमा बस्ने ब्राह्मण १’

दशकौंदेखिको तिनै साथी मलाई भेट्न रातोपाटी कार्यालयमा आए । हामी खाजा खान त्यही समुराई रेस्टुराँमा गयौँ । अर्को सुखद संयोग, रेस्टुराँ मालिक त दुर्गामानको टोलिया दाइ रहेछन् १

नाम राजेन्द्रमान श्रेष्ठ रहेछ । नेपाली गीत सङ्गीतका साँच्चै पारखी । कुनै बेला आफै पनि गाउन बजाउन हौसिन्थ्ये रे । स्रष्टाप्रतिको उनको श्रद्धा सम्मानले मलाई पनि झक्झक्यायो ।

नारायण गोपाल, नेपाली गीत सङ्गीत क्षेत्रका मेरा रोज्जा स्रष्टा । उनलाई मैले भेटेको ४२ वर्ष र उनी बितेको २७ वर्ष भयो । तर, ‘नम्बरी सुनलाई कसी लगाउनु पर्दैन’ ठानेर नारायण गोपालबारे मैले कहिल्यै, कहीँकतै, केही लेखेको छैन, लेखिनँ । केवल आफ्नो हृदयमा स्नेहसाथ सजाएको छु । तर, मेरो मनमा मात्र रहेको उनीप्रतिको स्नेह सम्मान कसले देख्छ र १रु सत्यम् १

मेरा लागि ‘घाँसी’ बने राजेन्द्रमान श्रेष्ठ । त्यसैले नेपाली गीत सङ्गीत क्षेत्रका अद्वितीय स्रष्टा नारायण गोपालप्रति अठ्ठाइसौं स्मृति दिवसमा उनकै गीतमा थोरै फेरबदल गरेर शब्द सुमन समर्पण गर्दैछुस्

यति चोखो यति मीठो दिउँला तिमीलाई माया

सम्झने छन् साराले पुराना प्रेमका कथा।।।

।।।

कात्तिकको एउटा बिहान । मिर्मिरेमै काका ९कृष्ण सिम्खडा० र म पातलो हुस्सु चिर्दै नयाँबजारबाट क्षेत्रपाटी, असन, रत्नपार्क भएर बसपार्क पुग्यौँ । जानु थियो, धादिङ सदरमुकाम पारिपट्टिको गाउँ साङकोसमा, ठुल्दिदीसँग भाइटीका लगाउन ।

सुनौलोबजारबाट धादिङबेसी सरिसकेको थियो सदरमुकाम । प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेलको विशेष सक्रियतामा जनसहभागिताले मलेखुबाट धादिङबेसीसम्म भर्खर सडकको प्रारूप खनिएको थियो । गाडी चल्दैन थियो ।

त्यसैले आदमघाटसम्मको टिकट काटेर पोखरा जाने बसमा चढ्यौँ हामी । निर्धारित समयमा छुटेन बस । हामीले गुनासो गर्यौं । दुई सिटअगाडिको एक यात्रुले हामीतिर फर्केर हाँस्दै भने, ‘यो बस अझै आधा घण्टा छुट्दैन हजुर १’ बिहानै कालो चस्मा लगाएका थिए, मेरै उमेरका ती बोलक्कड यात्रीले । बसमा कसैले केही कुरा गर्यो भने उनी तत्कालै प्रतिक्रिया जनाइ हाल्थे ।

हामी आदमघाटमा ओर्लियौँ, उनी पनि ।

उनले सोधे, ‘कहाँ जाने हो तपाईंहरू ?

‘साङकोस, अनि तपाईं नि ?

‘ए, बाटोमा सँगै हुने भइएछ, म साँखुको बसाहा जाने’, उनले भने ।

हामीले औपचारिक परिचय ग(यौं । कृष्ण रिमाल रहेछ उनको नाम । मैले ठट्टा गर्दै भने, ‘तपाईं त काकाको मित पो हुनुहुँदो रहेछ १’

वाक्पटु उनले भनिहाले ‘तपाईंको नाम कृष्ण भएको भए मित लगाउन नि हुन्थ्यो, काकासँग त के मित लगाइ भयो र १’

काठमाडौँमा अमात्य जिङ्क ब्लकमा काम गर्दा रहेछन् उनी ।

हामीले आदमघाटमा केही खाएर मात्रै बाटो लागौं भन्यौँ । उनले मानेनन् र हामीलाई पनि खान दिएनन् । भने, ‘हाइवेमा खानेकुरा राम्रो हुँदैन, हिँड्नुस् माथि आमडाँडामा गज्जबको चीज खान पाइन्छ ।’

नभन्दै, आमडाँडामा हामीले गज्जबकै चीज खान पायौँ । लटक्क परेको दही, मग्मगी बास्ना आएको घ्युकुमारी केरा र ढिकीमा कुटेको चिउरा । स्वादिष्ट परिकार खाइरहेको बेला त्योभन्दा पनि मीठो गीत सुन्न पाइयो ।

सानो पसलमा झुन्डिएको सानै रेडियोमा भूपी शेरचनको शब्द, नारायण गोपालको स्वरमा घन्किरहेको थियोस्

‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा

बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा।।।’

कृष्ण रिमालको सल्लाह नमानेको भए न त्यति मीठो परिकार खान पाइन्थ्यो, न त मिठासपूर्ण यो गीत सुन्ने संयोग नै जुर्थ्यो १ क्याबात कृष्ण रिमाल १

रेडियो उद्घोषकले गीत तिहारको सन्दर्भसँग जोडेका थिए । दिदीको प्रतीक्षा गरिरहेको भाइले गाएको अर्थमा । हाम्रो स्थिति भने अलि भिन्न थियो । गोवर्धन पूजाको त्यो दिन, भाइ र भदा कतिबेला आइपुग्लान् भनेर ठुल्दिदी हाम्रो बाटो हेरेर बसेकी थिइन् होला ।

आमडाँडाको चर्को उकालो चड्दा, पुरानो सदरमुकाम सुनौला बजारको फेरो मार्दा र साँखुको ओरालो आधाआधी झर्दासम्म कृष्ण रिमाल सँगै भए ।

‘काठमाडौँमा भेट्नु पर्छ है जिबेनजी हामी’, छुट्टिँदा कृष्ण रिमालले बडो आत्मीयतापूर्वक भने । ‘अवश्य कृष्णजी,अवश्य’, मैले समर्थन जनाएँ ।

धादिङबेसी हुँदै थोपल खोला तरेर गोधुली साँझमा त हामी पनि साङकोस पुग्यौँ । ठुल्दिदी खुशीले गद्गद्, भट्ट भिनाजु पनि प्रशन्न ।

भाइटीका लगाएर हामी काठमाडौँ नै फर्क्यौं, दार्खा घरमा गएनौं । साङकोसबाट दार्खा गएको अर्को प्रसङ्ग छ, त्यसलाई अगाडि जोड्ने छु ।

काठमाडौँमा कृष्णजीसँग मेरो बाक्लै भेटघाट हुन थाल्यो । उनले अमात्य जिङ्क ब्लक छोडे । जिङ्क ब्लक बनाउने आफ्नै अफिस खोले बागबजारमा । फराकिलो थियो उनको कारखाना कोठा । मेरो साइकल थियो, त्यसैले दशैँमा घर जाने बेला साइकल त्यहीँ राखेँ ।

तर, दशैँपछि कृष्णजी फर्केनन् । तिहार बित्यो, उनी फर्केनन् । म पटक पटक बागबजारस्थित उनको अफिस पुग्थेँ,ताल्चा लगाइराखेको देखेर फर्कन्थेँ ।

तीन महिनापछि घरबेटीले कोठाको ताल्चा फुटाएर अरूलाई नै भाडामा दिएछन् । मैले साइकल माग्दा तीन महिनाको भाडा तिर्न भनियो, जुन साइकलको मूल्यभन्दा बढी नै हुन्थ्यो । मैले साइकल माया मारिदिएँ ।

कृष्णजीको कुनै अत्तोपत्तो थिएन । त्यतिबेला अहिलेजस्तो टेलिफोन मोबाइलको सुविधा थिएन । खोज्न धादिङसम्म जाने कुरा पनि भएन ।

पृथ्वी गोलो छ, कहीँ न कहीँ भेट हुन्छ भनिन्छ नि, त्यस्तै भयो । २०४० सालमा हामी दार्खाबाट सिमरा बसाइँ स(यौँ । कृष्णजी पनि त्यहीँ बसाइँ सरिसकेका रहेछन् । हाम्रो भेट भयो ।

केही मिनेटको दूरीमा हाम्रो घर थियो । कृष्णजीका पिता, मेरा ससुरालीका एकजना ससुरा बाका मितसमेत हुनुहुँदो रहेछ । कृष्णजीसँगको मित्रता साह्रै घनिष्ट भयो । कृष्णजी हाम्रो परिवारको सदस्य सरह भए । म धेरैजसो काठमाडौँ नै बस्थेँ, सिमरा पुगेको बेला कृष्णजी प्रायस् मसँग नै हुन्थे ।

त्यति असल मान्छे एकपल्ट नराम्ररी बिरामी भए । जितपुरको मेडिकलले दिएको औषधिले छोएन । वीरगन्जमा जँचाउने कुरा भयो, मैले मानिनँ । अब काठमाडौँ नै जानुपर्छ उपचार गर्न भनेँ । नाइट बसमा आफ्नै काखमा सुताएर ल्याएँ ।

रोग पत्ता लाग्यो, टीबी भएको रहेछ । कृष्णजीको सफल उपचार भयो । तर, त्यो सरुवा रोग सङ्क्रमण हुनबाट म बँचिनछु १ मेरो छातीमा बल्झेछ क्षयदार किटाणु । केही छैन, उपचारपछि मलाई पनि काँडा झिकेजस्तै भइहाल्यो ।

सुखको मात्र साथी के साथी, मूल्य तिरिएको मित्रताकै हुन्छ महत्ता । शिवम् १

।।।

यात्रा नै त हो जिन्दगी, हामी अर्को यात्रामा थियौँ । साङकोसमा ठुल्दिदी कहाँ बास बसेका थियौँ, मेरा मित्र गोपाल गुरागाईं र म । गोपालजी अहिले उज्यालो नेटवर्कको अध्यक्ष छन् ।

ठुल्दिदीको घरबाट बिहान सखारै बाटो लाग्यौँ, मेरो जन्मभूमि दार्खाका लागि । दार्खा पुग्न दिनभरि हिँड्नु पर्थ्यो, अहिलेको जस्तो सडक सुविधा थिएन ।

पचघरे पुगेर चिया खाँदै थियौँ । रेडियो नेपालबाट बिहान ७ बजेको समाचार आयो । वीर अस्पतालमा उपचाररत ५१ वर्षे नारायण गोपालको अघिल्लो रात ९२०४७ मङ्सिर १९ गते राति ९ बजे० निधन भएछ, उफ् १ नेपाली साङ्गीतिक आकाशका ध्रुवतारा देहिक रुपमा अस्ताएछ ११

मैले झल्झली सम्झिएँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना र नारायण गोपालको स्वरको गीतस्

‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्

सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्।।।’

गोपालजी र म खिन्न मनसहित बाटो लाग्यौँ । पचघरे र सेउले बजारबीचको भन्ज्याङको देउरालीमा नारायण गोपालको नाममा पातीको मुन्टा चुडेर चढायौँ । त्यतिखेर रेडियो नेपालबाट पनि नारायण गोपालकै गीत प्रसारण भइरहेको पो थियो कि रुस्

‘दुइटा फूल द्यौरालीमा साथै राख्यौँ जस्तो लाग्छ

कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ।।।’

सल्लाघारीको बीचैबीच छ, सेउलेबजारदेखि केरुन्जासम्मको बाटो । हामी नारायण गोपालको बारेमा कुरा गर्दै थियौँ, सल्ला विरह सुसाइरहेको थियो ।

केरुन्जा डाँडा पुग्यौँ हामी । त्यहाँबाट उत्तरतिर गणेश हिमाल फेदको दार्खा गाउँ तरत्त देखिन्छ । मैले गोपालजीलाई हाम्रो गन्तव्य त्यही हो भनेर देखाएँ ।

‘तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षस्थलमा

यो कविको शैशवकाल बित्यो

हाँस्यो खेल्यो, वन कुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुङ्गा ।’

युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मस्थल ओखलढुङ्गाको महिमागान लेखेजस्तो म दार्खाको लेख्न सक्तिन थिएँ । माटोको माया ओतप्रोत त्यो कवितालाई नारायण गोपालले मथिङ्गल नै हल्लाउने गरी गीत बनाएर गाएझैं म दार्खाको गीत गाउन पनि असमर्थ थिएँ । त्यसैले टाढाबाटै किन नहोस्, मेरो प्यारो दार्खालाई प्रणाम गरेँ ।

केरुन्जा डाँडाबाट दार्खा देखिए पनि बाटो लामो थियो । बाटो काट्ने क्रममा महाभारतदेखि हिमालयसम्म फैलिएको एक मात्र जिल्ला धादिङको विशेषताहरू, मैले जे जानेबुझेको थिएँ, बताएँ ।

बाटोबाट सल्यानकोट देखिँदा, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’मा समेत उल्लेख भएको कोटकी भगवती त्रिपुरासुन्दरीको महिमागान र न्वागी जात्रामा हुने रौनक सुनाएँ ।

राजा महेन्द्रले २०१७ सालमा सैन्यबलमा संसदीय व्यवस्था अपदस्त गर्दा बनाएको एउटा निहुँ, मेरै घर, परिवार र गाउँसमेत प्रभावित भएको ‘पश्चिम १ नम्बर काण्ड’को बेलिबिस्तार पनि लगाएँ ।

गोपालजीबाट मैले भूमिगतकालीन नेकपा मालेको अन्तरङ्ग कहानीहरू सुन्न पाएँ । केही महिनाअघि मात्र ‘पार्टी प्रवक्ता’को रूपमा प्रकट भएका मदन भण्डारी भर्खर भर्खरै मालेको महासचिव भनी चिनिएका थिए ।

मदन भण्डारी र विद्या पाण्डेको विवाह प्रसङ्ग पनि गोपालजीबाट सुनेँ । त्यतिबेला विद्या–मदनको विवाहबारे जानकार थोरै मान्छेमध्ये एक रहेछन् उनी ।

गोपालजी भोजपुरको । विद्या पनि भोजपुरकी । पढाइको सिलसिलामा दुवै विराटनगरमै । ताप्लेजुङबाट मोरङ बसाइँ सरेका मदन भूमिगत रूपमा विराटनगरमा नै सक्रिय । उनीसँग पनि हिमचिम रहेछ गोपालजीको । त्यहीबेला विद्या–मदनको जनवादी शैलीमा विवाह भएको रहेछ ।

पछि, मदन भण्डारी माले र माक्सवादी मिलेर बनेको नेकपा एमालेको पनि महासचिव बने । नेपाली काँग्रेसका अध्यक्ष एवम् अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौँ–१ को चुनावमा हराएर तहल्का मच्चाए । उनी २०५० जेठ ३ गते चितवनको दासढुङ्गानेर त्रिशुलीमा खसेको जीप दुर्घटनामा मारिए ।

त्यसयता नेपालको राजनीतिमा धेरै ‘त्रिशुली’ बगे । माओवादी जनयुध्द र संयुक्त जनान्दोलनको बलमा २०६५ साल जेठ १५ गते गणतन्त्र नेपाल घोषणा भयो । मदनकी जीवन सङ्गिनी विद्या दोश्रो राष्ट्रपति बनिन् र अहिले दोश्रो कार्यकालमा छिन् ।

अँ, त्यो साँझ हामी लखतरान हुँदै दार्खा पुग्यौँ । त्यतिबेला कृष्ण काकाको स्वामित्वमा रहेको मेरो जन्म घरमा बस्यौँ ।

गोपालजीलाई हाम्रो गाउँघर मन प(यो । हामी ३,४ दिन त्यहीँ बसेर नेपाल वातावरण पत्रकार समूहका लागि केही ‘स्टोरी’ तयार पा(यौँ । थपमा, गोपालजीले एक रोचक पात्र, मेरो भानिजबा टङ्कप्रसाद ढकालमाथि लेखेको ‘स्टोरी’पछि प्रतिपक्ष साप्ताहिकमा छापियो ।

हाम्रा पुर्खाले घरनजिकै एउटा ठूलो पखेरो नुन छरेर गौचरण बनाएका रहेछन्, जसलाई हामी बाँझो बारी भन्थ्यौँ । बाँझो बारीलाई पहिरोले दाह्रेको थियो । हामीले त्यो ठाउँमा वृक्षरोपण गर्न गाउँका गन्यमान्य पन्चसिंह वाइबा र मेरो माइलाबा हरि सिम्खडालाई उक्सायौँ ।

पन्चसिंह मेरो बुबाको अनन्य मित्र, त्यसैले म ठूलोबा भन्थ्यें । पटक पटक प्रधानपन्च भए पनि प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए उनी ।

बीपी कोइराला २०३३ पुस १६ मा ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर भारत प्रवासबाट स्वदेश फर्किएका थिए । तर, राजाको सक्रिय नेतृत्वको पन्चायती सरकारले बीपीविरुद्ध मृत्युदण्डसमेत हुनसक्ने ८ वटा मुद्दा लगायो । त्यसैमध्ये एक मुद्दा पन्चसिंह वाइबासँग सम्बन्धित थियो । तर, बीपीले मुद्दा जितेकाले उनलाई पनि हाइसन्चो भएको थियो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्स्थापना भएपछि गाउँमा पन्चसिंह ठूलोबाको प्रतिष्ठा झनै बढेको थियो । मेरो माइलाबा पनि उन्नत सोचका समाजसेवी ।

नभन्दै, पन्चसिंह ठूलोबा र माइलाबाको अगुवाइमा त्यसै साल बाँझो बारीमा वृक्षरोपण भएछ । ‘मेरो प्यारो दार्खा’को पहिरोले दाह्रेको एउटा बन्जर भूभाग अहिले ‘।।।सुन्दर हरियालीमा।।।’ परिणत भएको छ । अहा सुन्दरम् १

मनखत के मात्र भने, गोपालजी र म त्यो यात्रामा रहेकाले महान् स्रष्टा नारायण गोपालको पार्थिव शरीरमा हामीले एक एक थुँगा फूलसम्म चढाउन पाएनौँ ।

ए, मलाई ‘शुभकामना सधैभरि लाइ’ दिने मेरा रोज्जा गायक १ दार्खाको त्यो हरियाली सबै सबै तिमीलाई है ११

।।।

प्रख्यात हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडा, नाताले काका भए पनि मेरो समवयी र समकक्षीसमेत । दस कक्षामा पढ्दा, एक दिन हामी राष्ट्रिय नाचघर गयौँ, सुप्रसिद्ध गायक नारायण गोपालको अटोग्राफ लिन । उनी नेपाल सांस्कृतिक संस्थानका महाप्रवन्धक थिए ।

हामीले महाप्रवन्धकको कार्यकक्षमा प्रवेश अनुमति पायौँ ।

‘किन आ’को रु’ पावरवाला बाक्लो चस्मा लगाएका र बाक्लै ओठ भएका नारायण गोपालले सोधे ।

हामीले नमस्कार गर्दै कम्पित स्वरमा तर एकै सासमा भन्यौँ, ‘तपाईंका गीत साह्रै मन पर्छ, त्यसैले अटोग्राफ लिन आएको ।’

हामीलाई फुच्चे नै देखेर हो कि रु उनी नियालेर हेर्दै थिए, मैले अटोबुक टेबलमा तेर्साइदिएँ ।

‘टिमेरुनि मेरो गीट सुन्छ रु’ खाँटी नेवार लवजमा सोधे । नेपाली गीत एकदमै सहीशुद्ध गाउने नारायण गोपालको नेपाली बोलीचालीमा भने उच्चारण शुद्ध रहेनछ १

‘सुन्छौँ नि, हामी त फ्यानै हौँ ।’

दुई सिम्खडा ठिटा खडा नै थियौँ, उनले टेबलमाथिको होल्डरबाट दुईमध्ये एउटा कलम झिके र खरर्र लेखेस्

‘शुभकामना सधैभरी लाइ’

अनि दस्तखत गरेस्

नारायण गोपाल

र, मिति लेखेस्

२०३३र११र५

हामीले लामो सास फे(यौँ, हाम्रो आकाङ्क्षा सहजै पूरा भएको थियो । आभार प्रकट गर्दै फर्कियौँ हामी ।

नारायण गोपालले डेढ सयभन्दा बढी गीत गाएका छन् । सबै उस्तै उत्कृष्ट । मान्छे मान्छेको जीवनमा अनुवाद हुने अजम्बरी गीतहरू । त्यसैले त हो, नारायण गोपाललाई जनस्तरबाट ‘स्वरसम्राट’ उपाधि दिइएको पनि ।

र, आज तिनै महान् स्रष्टा नारायण गोपालको अठ्ठाइसौं स्मृति दिवस । मेरो श्रद्धासम्झना सधैँभरिलाई १

किन पनि भने, उनकै स्वरको यो गीत मैले कम्तीमै हजारबार सुनेको छुस्

‘यो सम्झने मन छ, म बिर्सुं कसोरीरु।।।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *