‘विपत व्यवस्थापनमा तीनै तहको समन्वय’

इटहरी/सुनसरी र उदयपुरका सरोकारवालाहरुलाई दुई दिने विपद् सचेतना तथा अभिमुखिकरण तालिम सुनसरीको मंगलबार इटहरीमा सुरु भएको छ ।
१ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजनामा सुनसरी र उदयपुरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको अभिमुखिकरण तालिम सुरु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्वर १ का सचिव गोपालप्रसाद पराजुलीको अध्यक्षता तथा आन्तरिक मामिला तथा काकुन मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आथित्यता रहेको तालिमको उद्घाटन सत्रमा तालिमका विषयमा सचिव पराजुलीले प्रकाश पारेका थिए । तालिममा सुनसरी र उदयपुरका स्थानीय तहका प्रशासकीय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना विपद्का क्षेत्रमा काम गर्ने बिभिन्न संघ,संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
सो तालिममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्रप्रसाद आचार्यले सहजीकरण गरिरहेका छन् । विषयविज्ञसमेत रहेका उनले विपत व्यवस्थापनमा असल योजनाकार साथै असल व्यवस्थापक हुनु पर्ने बताए ।
कार्यक्रमको उद्घाटन मन्तव्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिपद् जोखिम न्यूनीकरण अभियानमा सबैको समन्वय आवश्यक रहेको बताए । मन्त्री कार्कीले बिपद व्यवस्थापनमा तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए ।
‘बिपद भनेको भेग विषय हो । एक्लै न्यूनीकरण गर्न सकिँदैन’, कार्कीले भने, ‘यो स्थानीय सरकारको, यो प्रदेशको, यो केन्द्रको भन्ने होइन । बिपद जसले देखे पनि न्यूनीकरण गर्न उन्मुख हुनु पर्दछ ।’ कार्यक्रम वुधवारसम्म चल्ने कार्यक्रम संयोजक एवम् सोही मन्त्रालयका शाखा अधिकृत मनोज कार्कीले बताए ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *