वातावरण बचाउन ज्ञापनपत्र

धरान÷धरानको वातावरण तथा जलधार क्षेत्रको सरक्षण गर्न वातावरण तथा पर्यटन विकाश केन्द्र(सेड नेपाल)ले धरान उपमहानगरपालिकाका कावा नगर प्रमुख समक्ष ३ वुदे ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा चारकोशे जगल भित्र फालिने फोहोर मैलामा आगो लगाएर नगरलाई प्रदुषण गर्नुको साथै जगलको जीवजन्तु वनस्पतीमा नराम्रो असर पुगेको हुनाले त्यस क्षेत्रमा आगो लगाउने र सडकको किनारमा मरेका जिवजन्तु तथा फोहोर मैला फाल्ने कार्य तुरुन्त रोक्नु पर्ने माग गरीएको छ । यसै गरी धरानको पानीको श्रोत सर्दु जलाधार क्षेत्रलाई दिर्धकालिन सरक्षण गर्नको लागी धरान एकिकृत जलाधार क्षेत्र सरक्षण समिति गठन गरी कार्य अधि वढाउन माग राखिएको छ । त्यसै गरी धरानका जलाधार क्षेत्रको शिरान र वरीवरीका वार्डहरुले डोजर लगाएर जथाभावी सडक निर्माण गरी त्यहाको वोट विरुवा मास्ने र जलधारका कुवा पुरीने, जीवजन्तुको वासस्थानमा गम्भीर असर पर्न थालेको हुनाले अव उप्रान्त त्यस क्षेत्रमा कुनै पनि भौतिक निर्माण तथा सडक निर्माण गर्नु पर्दा अनिवार्यरुपले वातावरण प्रभाव मुल्याकन गरी काम गर्न गराउन अनुरोध गरीएको छ ।
यस अधि २०७५ साल वैसाक १५ गते पनि सेड नेपालले तत्कालिन नगर प्रमुख तारा सुव्वा समक्ष यिनै मागहरु राखि ज्ञापन पत्र दिएको स्मरण गराउदै सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले अव पनि यस विषयमा उपमहानगर पालिकाले ठोस कदम नचालेमा वातारण वचाऔ भद्र आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए ।
ज्ञापनपत्र दिन गएका सो टोलीलाई सम्वोधन गर्दै कावा नगर प्रमुख भण्डारीले सवै माग जायज भएको र जंगल भित्र आगो लगाउने काम भोली देखि नै वन्द गराउन २ जना चौकिदारहरुको व्यवस्था भईसकेको र जलाधार क्षेत्रको संरक्षणमा उपमहानगरपालिका गम्भीर रहेको वताएकी थिइन् ।
यसै गरी धरानको भानुचोक स्थित सार्वजनिक शौचालयको अव्यवस्था, भानुचोक देखि छाताचोक सम्म राखिएको फुलका गमला व्यवस्थित गराउन पनि टोली सदस्यहरुले ध्यानकर्षण गराएको थियो । ज्ञापनपत्र वुझाउन सेड नेपालका सदस्य दिपक थापा, लक्ष्मी प्रधान, निर्मला सिवाकोटि, चन्द नेपाल, इन्जिनियर महेश प्रधानको सहभागिता रहेको थियो ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *