बाँदरको आक्रमणबाट महिला घाइते

पर्वत/जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ ।

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते हुनुभएको हो । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उहाँलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिनुभयो । बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *