दुर्घटनामा एक जनाको मृत्यु

कावासोती/पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।  ना३२प ८३९० नं को स्कुटर दुर्घटना हँुदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ । गौतम गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा हुन् । (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *