ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

तौलिहवा/ ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् ।  कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *