अनुगमनलाई निरन्तरता दिन राज्य मन्त्री चौधरीको निर्देशन

 कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लाई खाद्य तथा दाना पदार्थमा मिसावट रोक्न अनुगमनलाई निरन्तरता दिन कडा निर्देशन दिएकी छिन् । विभागको आ.ब.२०७५–०७६ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी कार्यक्रमलाई उद्घाटन गर्दै उक्त कुरा बताइन् । खाद्य स्वच्छता अभियानलाई उत्कर्षमा पुरयाउन निरन्तरता दिन जरुरी छ ।
चाड पर्वको बेला अनुगमन तीब्र गतिमा भएकोले केही हद सम्म नियन्त्रण भएता पनि नियमन गर्ने कार्यलाइ गति दिन जरुरी रहेको मन्त्री चौधरीले बताइन् । खाद्य पदार्थमा मिसावट गर्ने व्यक्ति वा कम्पनी ,संस्था जो भए पनि अपराधी भएको र तिनीहरुलाई कानुनको दायरा भित्र ल्याउनु पर्ने बताइन् ।
एक साथ विभाग अन्तरगत रहेका सबै कार्यलय र कर्मचारीहरुलाई परिचालित गरी परिणाम निकाल्ने गरि काम गर्न राज्य मन्त्री चौधरीले निर्देशन दिएकी छिन् । कृषि तर्फको सचिव युवकध्वज जिसीको विशेष उपस्थिति रहेको थियो भने बिभागका महानिर्देशक सन्जिव कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *