सात वर्षको बच्चाको कमाई दुई अर्ब ४७ करोड

सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला रु तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् रु

तर रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र यसको बदलामा उनका आमा–बुवाले राम्रो पैसा कमाइरहेका छन् ।

रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन अहिले बढेर २२ मिलियन डलर ९दुई अर्ब ४७ करोड रुपैयाँ० भएको छ ।

युट्युबमा रेयानको भिडियो करोडौंले हेर्छन् । रेयान ट्वेजरिभ्यु नामबाट एउटा युट्युब च्यानल चलाउँछन् ।

सेलिब्रिटीको सूचीमा छ नामः

यो युट्युब च्यानलमार्फत रेयान आफ्ना दर्शकलाई खेलौनाको दुनियाँमा लैजान्छन् ।

फोर्ब्स म्यागजिनले उनलाई सन् २०१७ मा संसारको सबैभन्दा धेरै पारिश्रमिक पाउने सेलिब्रिटीको सूचीमा राखेको थियो ।

सन् २०१छ मा सुरु भएको रेयान ट्वेजरिभ्युको भिडियोलाई अहिलेसम्म १६ अर्ब बढीले हेरिसकेका छन् ।

तर यति चर्चित हुँदा पनि रेयानबारे संसारलाई त्यति धेरै जानकारी छैन । उनी अमेरिकी हुन् भन्ने मात्र जानकारी उपलब्ध छ ।

युट्युब च्यानलः

गत वर्ष वासिङ्टन पोस्टलाई दिएको एक अन्तर्वार्तामा रेयानकी आमाले भनेकी थिइन्, ‘छोरा तीन वर्षको हुँदा युट्युब च्यानल बनाउने सोच आयो । रेयान निकै सानो हुँदादेखि नै खेलौनाको रिभ्यु देखाउने च्यानल निकै हेर्दथे ।’

रेयानकी आमाले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा भनेकी थिइन्, ‘एक दिन रेयानले मलाई म अरुबच्चा जस्तै किन युट्युबमा छैन भनेर प्रश्न गरे । र त्यतिबेला हामीले हामी यस्तो गर्न सक्छौं भन्यौं । हामी खेलौनाको पसलमा गयौं, एउटा लिगो ट्रेन खरिद गर्यौं र यहीँबाट सुरुवात गर्यौं ।’

रेयानको एउटा भिडियो ८० करोड बढीले हेरेका छन् । सन् २०१५ को मार्चदेखि सुरु भएको युट्युब च्यानलले सन् २०१६ को जनवरी मै १० लाखबढी सब्सक्राइबर्स पायो । अहिले रेयानको च्यानलमा एक करोड बढी सब्सक्राइबर्स छन् ।बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *