फरार चालक पक्राउ

काठमाडौँ/ महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्सिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ ।

परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई फरार रहेका चालक काभ्रेका ३६ वर्षीय कुमार श्रेष्ठलाई काभ्रेबाट पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार हत्या गरेर फरार रहेका श्रेष्ठलाई बा१५च ३२९३ नं को ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको हो । उनलाई भ्यान लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो ।  सवारीसाधनको ठक्करबाट मृत्यु भएका सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको द्वन्द्वकालमा २०५८ सालमा माओवादी आक्रमणबाट अछाम सदरमुकाम मङ्गलसेनमा निधन भएको थियो ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *