सांसद ज्ञानेन्द्र बहादुर कार्की जनताको घर दैलोमा

बराहक्षेत्र÷नेपाली कांग्रेस केन्द्रिय सदस्य, पुर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबाहदुर कार्की अहिले जनताका घर दैलोमा पुगिरहेका छन ।
चुनाव जिते पछि नेताहरु गाउँ टोलमा नफर्किने जनगुनासो चलिरहदा सुनसरी क्षेत्र नम्बर ४ का सांसद कार्की भने बारम्बार आफ्ना कार्यकर्ता र क्षेत्रका जनता संगै गाउँ टोल घुमिरहेका छन् । उनले आफ्नो क्षेत्र बिकास बजेट पनि आफ्नै जनता संग बसेर योजना बनाए अनुसार बिनियोजन गरेको हुँदा उनको कार्य शैली अत्यन्तै चित्त बुझेको बराहक्षेत्र नेपाली काङ्ग्रेसका कार्यकर्ता पिताम्बर राई बताउँछन् । आफ्नो ब्यस्तताको बाबजुद पनि आफ्ना जनताको सुखदुःख मा सहगागिता जनाउदै जनताका पिर मार्का गुनासो हरु सुन्दै हिड्ने नेता कार्की भएको पिताम्बर को भनाइ छ ।
एक निर्वाचन क्षेत्र ४ करोडका दरले प्राप्त हुने बजेटमा
आफ्नो क्षेत्रका दुई नगरपालिका र तिन गाउँपालिका सबै तहलाई कार्यक्रमले समेटने गरि योजनाहरु छनौट गरिएको सासंद कार्की बताउछ्न । जसमा बराहक्षेत्रका लागि परेको बजेट भने यस्तो छ ।
सप्तकोशी बहुमुखी क्याम्पस भवन निमार्णका लागी ५० लाख, बराहक्षेत्र ११ मधुवन मुस्लीम टोल हुदै प्रकाशपुर जोडने सडक माटो पुरी ग्राभेल कार्य २० लाख, बराहक्षेत्र ६ र ८ सैनिक टोल हुदै ९ र १० रामधुनी मन्दीर जोडने बाटो माटो पुरी ग्राभेल कार्य २० लाख, बराहक्षेत्र ६ महेन्द्र गेट देखि वडा नं ७ सोमबारे हुदै विचपानी ढलनिकास निमार्ण कार्य २० लाख, राजावासमा कवड हल निमार्ण १० लाख , चन्द्रवशी कालीमन्दीर निमार्ण १० लाख रकम विनियोजन गरिएको छ । आफ्नो क्षेत्रमा आवाश्यक्ता हरु असीमित भएको हुदा हरेक बर्ष प्राथमिकताको आधारमा पूरा गर्दै लैजाने सांसद कार्कीको भनाइ रहेको छ ।    (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *