सर्ट मुभी “उद्देश्य” को छायांकन सम्पन्न

कालाबन्जर÷नेपाली जनचेतना मुलक सर्ट मुभी “ उद्देश्य” भाग १ को छायाकंन बराहक्षेत्र नगरपालिका ५ कालाबन्जर क्षेत्रमा भएको सम्पन्न भएको छ ।
स्थानीय कलाकारहरु लाई समेत अवसर दिएर यो मुभी तयार पारिएको छ । यसले समाजमा हुने सामाजिक घटना लाई चित्रण गरेको यसका लेखक तथा निर्देशन होम प्रसाद भट्टराई बताउँछन् ।
यस भिडियोका निर्माता साथै छायांकन खड्ग लिम्बु हुन् भने यसको सम्पादन समेत उनैले गर्ने छन् । यस भिडियोमा शिव भट्टराई, भावना भट्टराई , करिश्मा कटवाल, मनोज विष्ट लगायत अन्य कलाकारहरुले अभिनय गरेका छ्न ।
यो भिडियो केही दिन भित्रै युट्युबमा हेर्न सकिने निर्देशक भट्टराईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *