लैङगिक हिंसा विरुद्धको १६ दिवसिय अभियान

बराहक्षेत्र÷बराहक्षेत्र नगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाहरुको समन्वयमा १६ दिवसिय लैङगिक हिंसा विरुद्धका कार्यक्रमहरु संचालन भइरहेका छन् ।
लैङगिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार भन्ने मुख्य नाराका साथ संचालन भएको अभियानमा प्लान नेपाल , अभियान नेपाल , सेवक नेपाल जस्ता संस्थाहरुले समन्वय गरिरहेका छन् ।
कालाबन्जर , प्रकाशपुर , चतरा , चक्रघट्टी , मधुवन जस्ता बराहक्षेत्रका मुख्य बजारहरुमा सक्षम युवा क्लब बराहक्षेत्रले सचेतना मुलक सडक नाटकहरु प्रस्तुत गरिरहेको संस्थाकि अध्यक्ष रोहिता भट्टराईले बताइन । मंसिर ९ बाट शुरु भएको अभियान २४ गते बराहक्षेत्र नगरपालिकाको सभाहलमा समापन गर्ने कार्यक्रम रहेको छ ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *