लैगिक विभेद र महिला हिंसा

शालिग्राम पाण्डे
समाज बदल्ने कार्यहरुमा समाजका अगुवाहरुको योगदान रहन्छ । सरकारले गरेका निर्णय, सरकारले निर्माण गरेका काुननहरु समाजले अबज्ञा गरेर सरकारले निर्णय सच्याउनु पर्छ , कानुनमा संसोधन गर्नुपर्छ । महिला हिँसा आज नेपालको मात्र समस्या होइन यो विश्वव्यापी समस्या बन्न गएको छ ।
महिला हिंसाका बारेमा
भनिरहँदा हाम्रो समाजको विकास तथा समाज कसरी बनेको छ त्यस तर्फ ध्यान दिनुपर्ने हुन्छ । महिला हिंसा अन्त्यका लागि विश्वव्यापी रुपमा हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म १६ दिने अभियान चलेको पाइन्छ । १६ दिने अभियानमा राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु लागि परेको पाँइन्छ । लैङ्गिक हिंसाका अभियानमा बजेट पनि प्रशस्त खर्च भएको देखिन्छ व्यवहारमा हेर्दा महिला हिँसा सम्बन्धी १६ दिने अभियान भत्ता पचाउन तथा बजेट सक्नतर्फ मात्र केन्द्रीत रहेको पाइन्छ । लैंगिक हिंसा रहित समतामूलक समाज निर्माण गर्न हामी सबैमा उत्प्रेरणा जाग्नुपर्छ । समाजमा रहेका विकृति, विसंगति, कुरीति, अशिक्षा, अन्धविश्वास हटाएर एउटा उन्नत र सभ्य समाजको निर्माणमा हामी प्रयासरत रहनुपर्छ ।महिला हिंसा देशको सामाजिक , आर्थिक, साँस्कृतिक र राजनीतिक विकासको बाधक बन्न पुगेको छ । समाजमा महिला पुरुष दुवै सम्मानीत हुनुपर्छ महिला र पुरुष विच विभेद हुनु हुँदैन त्यसो भएमा समानता, शान्ति र समृद्धि तर्फ मुलुकलाई लैजान सकिन्छ ।
हामीलाई खुसीको कुरा हो राजनीतिक परिवर्तन संगै राजनीतिमा महिलाका हक अधिकारका कुरालाई ध्यानमा दिएर आज स्थानिय तह देखि प्रदेश र संघिय सरकारमा अधिक मात्रामा महिलाको उपस्थिति रहेको पाइन्छ । अझै पनि कतिपय निकायमा महिलाको न्यून उपस्थिति देखिएको छ । हरेक क्षेत्र, निकाय, तहतप्काहरुमा महिलाको उपस्थिति हुने गरी केही वर्षका लागि महिलाहरुलाई कोटा छुट्याँईनुपर्छ ,महिलाका लागि निशुल्क शिक्षाको व्यवस्था गरिनु पर्छ । हाम्रो समाज पितृप्रधान समाज हो । समाजमा महिलाको अवस्था कतै दयनिय देखिन्छ भने कतै सम्मानजनक । महिलाको अस्तित्व समाजमा कस्तो छ त्यस विषयमा महिला पनि केही जिम्मेवार रहेको पाइन्छ । महिला भएर महिलाले नै महिलालाई हिंसा गरेका घट्ना पाइन्छ यसमा सचेतना मुलक कार्यक्रमको अभाव देखिन्छ । समाजमा चेतना फैलाएर नै समाजलाई सहज ढंगले समाजमा लैंगिक हिंसा र दुव्र्यवहार विरुद्ध उचित कदम चाल्न सकिन्छ । महिला हिंसामा महिलाको सहभागीता नरहने हो भने पुरुषहरुबाट त्यस्ता धेरै घट्ना घट्न पाउने छैनन् । पुरुषबाट मात्र नभएर महिलालाई महिलालेनै पनि हिंसा गरिरहेको उदाहरण हाम्रो समाजमा प्रशस्त पाइन्छ । बोक्सी आरोप महिलाले महिलालाई अधिक लाउने गरेको पाइन्छ । दहेज प्रथामा पनि पुरुषको भन्दा महिलाले दहेजमा दवाव दिने गरेको पाइन्छ । भिडीयो एक्सरे गरेर छोरी भएमा गर्भमै सकिदिने हाम्रो मानसिकता कति कमजोर छ । प्रकृतिले हरेक २ सय जना छोरा को जन्म हुँदा दुई सय छ जना छोरीको जन्म हुन्छ । प्रकृतिलेनै छोरा र छोरीको संख्या मिलाएर यो संसारको श्रृष्टिलाई निरन्तरता दिएको अवस्थामा हामी मानवजातिले छोरा छोरी पत्ता लाएर छोरी भएमा भु्रणको हत्या गर्नमा हामी महिला पुरुष दुवै लागी परेकाछौं ।
महिला हिंसाका हरेक घटनालाई हेर्नेहो भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला हिंसा गर्नमा पुरुषहरुलाई महिलाले साथ दिई रहेको अवस्था छ । बहु–बिवाहको घट्नालाई हेरौं कतिपयलाई पुरुषले ढाँटेर विबाह गरेको हुन्छ भने कतिपयलाई थाहा भएर पनि सौता हुन जाने अनि सौता उपर कान्छीले जेठीलाई वा जेठीले कान्छीलाई महिला हिंसा गर्नमा सघाउ पु¥याउने गरेको पाइन्छ । कतिपय अवस्थामा महिलाले परिवार भित्रको महिला हिंसालाई बाहिर प्रकासमा ल्याएर महिलालाई न्याय दिलाएको अवस्था छ भने कतिपय अवस्थामा महिला हिंसाका घट्नालाई महिलाको सुझाव र सल्लाहमा गुपचुप राखेर महिलालाई पिडा दिएको अवस्था छ । हामीमा महिला हिंसा हुनु हुँदैन भन्ने निस्वार्थ भावना रहेको पाइदैन । आफ्नो–आफ्नो परिवारको र आप्mना नातेदारको स्वार्थमा रहेर महिलाउपर हिंसा भएको थाहा पाएर पनि महिला हिंसा रोक्नु त कताहो कता महिला हिंसामा सहयोगी भुमिका खेलीरहेका हुन्छौं । हाम्रो समाजमा सासु बुहारी विचको झगडा, नन्दआमाजु विचको झगडा, जेठानी देउरानी विचको झगडा, दिदी बहिनी विचको झगडा मा पनि जानेर वा नजानेर महिला हिंसा भैरहेको हुन्छ । हाम्रो घर व्यवहारका पाइला पाइलामा महिला हिंसा हुनुको कारण हामीले आफुलाई नचिनेर, आफन्तको भुमिका थाहा नपाएर आपसमा समान्जस्यता कायम नगरे पनि हो ।
संचार माध्यममा महिला हिंसा बढेको भन्ने सन्देश आइ रहेको अवस्था छ महिला हिंसाका घटना बढेका होइनन् । समाज सभ्य हुदै गयो महिला सचेत हुँदै गए महिलाहरुले हिजाको जस्तो अन्याय सहन सकेनन् र आफुले भोगेको पिडाहरु बाहिर ल्याउन थाले । हिजो इज्जतको सबाल थियो महिलाले परिवारको इज्जतका खातिर जस्तो सुकै अन्याय पनि सहेर बस्नु पर्ने अवस्था थियो । आज समाज केही हद सम्म भए पनि परिवर्तन तर्फ उन्मुख भएको छ । महिलाहरु अन्याय पिडा सहनु भन्दा संघर्ष गरेर घट्ना सार्वजनिक गर्ने निर्णयमा पुगेकाले महिला हिंसाका घट्ना बढी देखिन गएका हुन् । धेरै टाढा नजाउँ महिलाहरुले गाएका कतिपय गितहरुले महिलालाई कता कता पिडा थपेको अवस्था छ । महिलालाई अपहेलित गरेको अवस्था छ, विभिन्न उद्योगी व्यापारीहरु आदीले महिलालाई विज्ञापनको माध्यम बाट पनि महिला हिंसा गरिरहेको अवस्था छ । हाम्रो समाजमा केही हद सम्म भए पनि अब महिला पुरुषमा समान अधिकार समान व्यवहार हुन थालेको छ । सजग, चेतनशिल, संघर्षशिल महिलाहरु ले समाजका गलत कुरीतिहरुलाई हटाएर केही हद सम्म भए पनि महिला हिंसाका घटना घटाएको अवस्था छ ।
समाजमा महिलामात्र होइन केही हद सम्म पुरुषहरुले पनि महिला तथा घर परिवारबाट हिंसा भोग्नु परेको छ । कतिपय पुरुषहरुले पत्नीको अन्याय अत्याचार सहनु परेको तर समाजमा इज्जत ,प्रतिष्ठाका कराण तीकुरा बाहिर ल्याउन नसकेका कुराहरु पनि प्रसस्त छन् । समाजमा महिला वा पुरुष कोही उपर पनि हिँसा गरिनु हुँदैन पति पत्नी भनेका एक रथका दुई पाँगूा हुुन पति पत्निीलाई अर्धाङ्गो अर्धाङ्गीनी पनि भनिन्छ । महिला हिंसा न्युनिकरण गर्न सर्वप्रथम पति पत्नी विच समधुर सम्बन्ध कायम गर्ने हो त्यस पछि दिदी बहिनी, छारी, बुहारी, भाउजु, भान्जी आदी आम महिलाहरु उपर हुने हिंसालाई न्युनिकरण गर्ने प्रयास हुनु पर्छ । महिला हिँसा न्युनिरण गर्नमा महिला पुरुष सबैको उत्तीकै साथ सहयोग रहन आवस्यक देखिन्छ ।
महिला हिंसाका घट्नामा पुरुष जत्तीकै महिला पनि दोषि रहेको पाइन्छ , महिलाले महिलाका समस्या बुझेर एक हुने हो भने महिला हिंसा आफसे आफ न्युनिकरण हुने छन् । तर हाम्रो समाजमा महिलामा चेतना नआएर हो वा महिलाको स्वभाव त्यस्तै भएर हो महिलालाई सताउनमा महिलाहरुलेनै साथ दिएको पाइन्छ । भाई बुहारी , भाउजुलााई सताउनमा दीदी बहिनीले साथ दिएको पाइन्छ । सासुले बुहारीलाई कज्याउनु पर्ने पुरानो मानसिकता अहिले सम्म पूर्ण रुपमा हट्न सकेको पाइदैन । समाजका राम्रा र नराम्रा दुवै पाटाहरु हुन्छन् समाजलाई राम्ररी नियाल्ने हो भने महिलाहरु सच्चीने, महिलालाई परेको मार्कामा महिला एक भएर महिलाको हितमा कुरा गर्ने हो भने महिला हिंसाका घट्ना एकदमै न्यून मात्रामा हुने छन् । तर हाम्रो समाज त्यस्तो छैन , सौता सौतामा झगडा गरेर एकले अर्कोलाई सताउने र सौतालाई पिडा दिएर भए पनि कसरी हुन्छ आप्mनो पतिलाई खुसी पार्ने पतिलाई हातमा लिने होडबाजीनै चल्ने गर्दछ ।
महिलामा चेतना आयो भने महिलाले महिलालाई सताउनु हुन्न एउटी महिलाको समस्या भनेको आम महिलाको समस्या हो भन्ने सोच्ने महिलाले धेरै उदाहरणीय कार्य गरेको पाईन्छ । एउटा ज्वलन्त उदाहरण करिब १० वर्ष अघिको १ नं. प्रदेश अन्तगत पर्ने जिल्लाका निवासीको कुराहो । एक पुरुषले आप्mनी पत्नी छँदा छँदै दोश्रो विबाह गरेछन् । जेठीले बिबाह गरेर बाहिर राखेको कुनै सुत्रबाट थाहा पाए पछि आप्mनो, सौताको, पतिको र छोरा छोरकिो भविस्य सम्झेर उनले पतिलाई गाली नगरी केही गाली नगरी सौतालाई घर ल्याउन भनिछन् । पतिले पनि घरमा ल्याउन जेठी श्रीमतिले बाधा नपार्ने भए पछि कान्छीलाई घर भित्राएछन् । जेठी श्रीमतिले विस्तारै माया ममता दिएर, ज्ञानगुनका कुरा सिकाएर , पत्रपत्रिका पुस्तक पढ्न दिएर सौताको विस्वास जित्न सफल भइछन् । जब सौताको विस्वास जित्न सफल भईन त्यस छि उनीहरुले आपसमा सल्लाह गरे जेठीका दुई वटा बच्चा भै सकेकाले अब कान्छिको एकमात्र बच्चा जन्माउने त्यस पछि दुवैले स्थाई परिवार नियोजन गर्ने । घरको काम महिना दिनको तालिका बनाएर आलोपालो महिना दिन पछि कामको अदल बदल गर्ने विरामी पर्दा के गर्ने ? छोरा छोरीलाई के कसरी हुर्काउने के कस्तो शिक्षा दिने ? घुम्न जाँदा कहाँ कहाँ जाँदा के कसरी को को जाने ? घम्न जाने खर्चको जाहो कसरी गर्ने ? अन्य आइपरेका नयाँ कार्यमा के गर्ने ? चाड पर्वमा के गर्ने ? सामान खरिद , गरगहना खरिद गर्दा के कस्तो निति अपनाउने सबै लिपिबद्ध गरेर दुवैलाई सहज हुने गरि दुवैको मनमा लागेका कुराहरु राखेर छलफल गरि तालिका(रुटीन) तयार गरियो। यति सम्मकी पति संग पनि साप्ताहिक रुपमा तालिका अनुसार उठवस गर्ने, घुम्न जाने , रमाइलो गर्ने सम्झौता भए पछि ती दुई सौताले पतिलाई नै आश्चर्य गर्ने गरि कृयाकलाप गरेकाले पति समेत दुवै पत्निको सुझाव सल्लाह विना चल्न नपाउने गरि उनीहरुले व्यवहारमा त्यसरी बाध्न र सुखी परिवार बनाउन सफल भएका थिए । यो उत्कृष्ट उदाहरण हो यस्ता अन्य सौताहरु दिदी बहिनी जस्तो मिलेर बसेका धेरै उदाहरण छन् । यहाँ यो उदाहरण दिइनुको अर्थ पतिले कान्छी ल्याए भने जेठीले विरोध गर्नु हुँदैन भन्ने उद्देश्य होइन । महिलाले महिलाको मर्म बुभ्mने र महिलाहरु आपसमा मिलेर काम गर्ने हो भने घर व्यवहार धान्नमा सजिलो हुने सौतेलनी मामलामा पनि सुखी जीवन विताउन सकिने रहेछ भन्ने हो ।
मुलुकी (सहीँता )ऐन २०७४ले बहुबिबाह गर्ने लाई पाँच वर्ष सम्म कैद हुने भनी सजाय तोकिएको छ । र बहुविबाह गर्ने दोश्रो महिलालाई क्षति पूर्ति भराउने व्यवस्था गरिएको छ तर पहिलो पत्नी संग सम्बन्ध विच्छेद गरेर वा अंश बण्डा गरिएमा मात्र दोश्रो विबाह गरिएकी पत्नी संग विबाह दर्ता हुने नत्र बिबाह दर्तानै नहुने प्रावधान राखिएको छ । यस्तो कडा कानुन भए पनि महिलाहरुले फराकिलो सोच राखेमा,महिलाहरु सचेत भएर महिलाले महिलाको मर्म बुभ्mनेहो भने महिला हिंसालाई अधिक मात्रामा न्यूनिकरण गर्न सकिने साथै हाम्रो समाजलाई परिवर्तन गरि नयाँ युगको थालनी गर्न सकिने छ ।
आजको परिवेसमा घर परिवारलाई हेर्ने हो भने अपबाद बाहेक घर भित्रको कुरामा महिलाहरुले पुरुषलाई आप्mनो ढंगले चलाउने प्रयास गरेको पाइन्छ । महिलाले घरको व्यवहार थामेर पुरुषलाई सहयोग गरेको पाइन्छ यो अवस्थामा कतिपय महिलाले पुरुषलाई जे जता भन्यो उही उतै उसै गरी चल्नु पर्ने अवस्था पनि देखिन्छ । घर व्यवहारमा महिलाहरु पुरुष भन्दा अग्रणी स्थानमा रहेका हुन्छन् । महिलाको लागि यो सबल पक्ष हो र हाल कानुनमा पनि केही महिललाई धेरै अधिकार दिएकाले महिला हिंसाका घट्ना कम हुने गरेको पाइन्छ । महिलाहरुलाई हरेक क्षेत्रमा कोटा छुट्याइएकाले पनि महिलाहरु अगाडी बढेकाछन् । महिलाहरु आज भोली शिक्षीत हुने गरेकाले जागिर खाने तथा विभिन्न व्यवसाय गरेर आत्म निर्भर हुन थालेको पाइन्छ । जुन महिला आत्म निर्भर छन् त्यस्ता महिला उपर महिला हिंसाका घट्ना न्युन घटेका छन् । संघर्षसिल महिला र पूरुषहरुमा आपसी मेल मिलाप, सुझाव सल्लाह आपसी सहयोगवले परिवार चलेको पाइन्छ । अर्थात शिक्षित महिलाहरु अधिकांसले पुरुष संग सहमति र सम्झौता अनुसार घर व्यवहार चलाएकाले त्यस्तो परिवारमा महिला हिंसाका घट्ना कम हुने गरेको पाइन्छ । समग्रमा भन्नु पर्दा महिला हिंसाका घट्ना न्युनिकरण गर्न महिला र पुरुष विचको विभेद हट्नु पर्छ र महिला र पुरुषमा चेतना जाग्न आवस्यक देखिन्छ । महिला हिंसा अन्त्यका लागि हाम्रो समाजमा केही हद सम्म कानुनी अड्चन रहेका छन् भने हाम्रा समाजका कुरितीहरु(बोक्सी आरोप, छाउपडी प्रथा, दहेज प्रथा आदी) का कारण पनि महिला हिंसा हुने गरेको पाइन्छ । सभ्य समाजको निर्माणमा महिला हिंसा बाधक भएकाले हामी सबैले महिला हिंसा हटाउने प्रयासमा लाग्नु उपयुक्त हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *