बराहक्षेत्र प्याब्सनको फुटबलमा सप्तकोशी र जयसप्तकोशी बिजयी

कालाबन्जर÷बराहक्षेत्र प्याब्सनको आयोजनामा गत मङ्सिर ४ बाट संचालित फुटबल प्रतियोगिताको फाइनल खेल भएको छ । बिहिवार नडाह खेल मैदानमा भएको खेलमा माध्यमिक तह तर्फ जय सप्तकोशि इङलिस स्कुल बराहक्षेत्र १० ले स्काइ इङलिस स्कुल बराहक्षेत्र ३ लाई ० का विरुद्ध २ गोल गर्दै बिजेता बनेको हो ।
त्यसैगरी आधारभुत तह तर्फ सप्तकोशि बिद्या मन्दिर बराहक्षेत्र ७ ले सिर्जनसिल इङलिस स्कुल लाई ० का विरुद्ध ३ गोल गर्दै बिजेता बनेको थियोे । बिजेता ले पन्ध्र–पन्ध्र हजार प्राप्त गरे भने उप बिजेताले दश दश हजार प्राप्त गरेको आयोजकले बताएको छ ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *