प्याब्सन अध्यक्ष सम्बाहाम्फेको निर्देशन

अर्जुन सुबेदी
इटहरी/निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेशन प्याब्सन नेपालका केन्द्रिय अध्यक्ष बिजय सम्हाम्फेले सरकारको नीति निर्देशन पालना गर्न बिद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।
प्याब्सन सुनसरीको १४ औं जिल्ला अधिबेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । निजी बिद्यालयमाथि सरकारले केही नगरेको भन्दै गुनासो गर्नुभन्दा परिणाम देखिने गरी काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए । उनले राज्यले निजी बिद्यालयलाई केही गरेन भन्नुभन्दा पनि आफूले राज्यको लागि के योगदान गर्न सकियो भन्ने कुरा बिचार गर्न आग्रह गरे । निजी बिद्यालयहरुले सरकारलाई नटेरेको, जथाभावी शुल्क बुद्धी गरेकोमा आलोचना बढिरहेको भन्दै सम्हाम्फेले यस्तो गुनासो आउनु लाजमर्दो भएको बताए । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा पुगेको भन्दै उनले स्थानीय तहको नीति नियम र निर्देशनलाई पालना गर्नुपर्नेमा जोड दिए । निजी बिद्यालयहरु पनि समय सापेक्ष परिवर्तन हुनुपर्ने भन्दै उनले परम्परागत शिक्षण पद्धतीलाई परिमार्जन गर्नुपर्ने बताए ।
बिश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने खालको प्राबिधिक शिक्षालाई सघाउ पु¥याउने खालको शिक्षा प्रदान गर्न निजी बिद्यालयहरु लाग्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रिय महासचिव राजेन्द्र बानियाले राज्यले नीजि बिद्यालयमाथि ठुलो बिभेद गरेको आरोप लगाए । निजी र सरकारी बिद्यालयबीच तुलना गर्दै उनले सरकारले नीजि बिद्यालयमाथि कुनै सुबिधा नदिएको गुनासो गरे । राज्यले सरकारी बिद्यालयलाई मात्र सेवा सुबिधा उपलब्ध गराउने तर निजी बिद्यालयलाई सौताको छोराजस्तो ब्यवहार भरेको उनको आरोप छ ।
कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रिय सल्लाहकार टिकाराम पुरीले शिक्षा क्षेत्रमा निजी बिद्यालयको योगदान बिर्सन नहुनेमा जोड दिए । शैक्षिक जनशक्ति उत्पादनमा निजी बिद्यालयहरुको ठुलो योगदान रहेको भन्दै पढ्नकै लागि बिदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा प्याब्सन एक नम्बर प्रदेश अध्यक्ष नारायण घिमिरेले एक नम्बर प्रदेशका निजी बिद्यालयहरु अब्बल रहेको भन्दै यो गुणस्तरीयता कायम राख्न निजी बिद्यालय सञ्चालकहरु सचेत हुनुपर्ने बताए । अधिबेशन नयाँ कार्यसमिति चयन गर्दै सकिने ब्यब्सन सुनसरी अध्यक्ष सुमित थापाले जानकारी दिए ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *