पोषणविद भन्छिन,‘त्यही खानुहोस, जो हाम्रा पूर्वजहरुले सदियौंदेखि खाँदै आए

आफ्नो शरीरलाई तब राम्ररी मेन्टेन गर्न सक्छौं, जब रैथाने, मौसमी र परम्परागत खानेकुरा खान्छौं
खानपान कस्तो हुनुपर्छ ? यस सम्बन्धमा सदियौंदेखि बहस चल्दै आएको छ । वर्तमान समाजमा त यो बहस थप पेचिलो बनेको छ । किनभने अहिले धेरैको स्वास्थ्य–स्थिती नाजकु छ, खानपानको कारण । भन्ने गरिन्छ, संसारमा जति मान्छे खान नपाएर मरेका छन, त्यो भन्दा बढी खान नजानेर ।
भारतिय पोषणविद्ले खानपानकै सन्दर्भमा गरेको कुराकानी
बलिउड अभिनेत्री करिना कपूरकी डाइटिशियन पनि हुन् उनी । रुजुता दिवेकर भन्छिन, ‘त्यही कुरा खानुपर्छ, जो सदियौंदेखि हाम्रा पूर्वजहरुले खाँदै आए ।’ दुध, दही, घिउ, कन्दमुल, मकै, फापर, कोदो, आलु जस्ता रैथाने खानपान नै हाम्रो स्वास्थ्यका लागि उपयुक्त हुने उनको अनुभव छ ।
करिना कपूरकी डाइटिशियन हुनुहुन्छ, त्यसले तपाईको जीवनमा के महत्व राख्छ ?
मैले सन् २००७ देखि करिना कपुरसँग काम गर्दै आएकी छु । उनलाई आफ्नो फिल्म ‘टशन’का लागि बिकिनी लुक पाउनु थियो । जब तपाई कसैसँग काम गर्दै हुनुहुन्छ भने, सबैभन्दा पहिला उनको फिजियोलोजी, न्युट्रिशन साइन्स आदिबारे ध्यान दिनुपर्छ ।
करिना एकदम बिनम्र छिन, त्यही कारण उनीसँग काम गर्दा मैले त्यस्तो गाह्रो अनुभव गरिन । उनीसँग जोडिएपछि मान्छेले मलाई फरक ढंगले हेर्न थाले । त्यसपछि मलाई अनुभूत भयो म त ठूला स्टारसँग जोडिएकी रहेछु । उनीसँग जोडिएपछि मान्छेको दृष्टि मैलें आफुमाथि पार्न सके । यसबाट के फाइदा भयो भने, खानपान सम्बन्धीको कुरा मैले उनीहरुमाझ थप प्रभावकारी ढंगले पुर्रुयाउन सके । त्यसको माध्याम पनि करिना नै बनेकी छिन् । उनकै माध्यामबाट म हाम्रो परम्परागत खानपानको बारेमा जानकारी दिनसक्छु ।
दश बर्षअघि म जुन कुरा भन्थे, त्यो पत्याउँदैनथे । म घिउ खानुपर्छ, फ्याट बर्न गर्छ भन्थे । मान्छेले मेरो कुरा सुन्दैनथे । अहिले करिना कपुरको फिगर हेरेर मान्छेले मेरो कुरा पत्याउन थालेका छन् ।
करिनासँग जोडिएको प्रश्न, जो तपाईलाई सबैभन्दा बढी सोधिन्छ ?
करिना राती दाल–चामल खान्छिन् कि खादिनन् ? मेरो जवाफ हुन्छ, मेरो जवाफ हुन्छ एकदम खान्छिन् । त्यही कारण दश बर्ष बढी समयदेखि उनले आफुलाई मेन्टेन गरेकी छिन् । यदि तपाईले आफ्नो खानपानमा स्थिरता मेन्टेन गर्न सक्नुभएन भने तपाई कहिले मोटो त कहिले दुब्लो देख्न सक्नुहुनेछ ।
मानिसमा डाइटसँग जोडिएको सबैभन्दा ठूलो भ्रम के छ ?
मानिसको दिमागमा यो कुरा गाढिएर बसेका छ कि, हाम्रो परम्पारगत खाना ठिक छैन । उनीहरु भन्छन् कि, हामीले दाल–चामल खानु हुँदैन । जबकी यो हाम्रो परम्परागत खाना हो ।
मान्छेहरु सोच्छन, घिउ खाएमा मोटो भइन्छ । चामलले मोटो भइन्छ । आँप र केरा खाँदा मोटो भइन्छ । अचार वा पापड खानुहुँदैन । अर्थात जतिपनि हाम्रो परम्परागत वा रैथाने खानेकुरा छन, ति सबै मोटोपन बढाउने हो भन्ने भ्रम छ । त्यसो भए हामी के खाएर पातलो हुने त ? ओट्स्, बिस्कुट, सुप, सलाद आदि । बजारमा व्याप्त भ्रम के छ भने, बजारमा उपलब्ध खानेकुरा स्वस्थ्यवर्द्धक छन् । जबकी वास्तविकता ठिक उल्टो छ ।
त्यसो भए हामीले के खानुपर्छ ?
पछिल्लो तीस बर्षदेखि हाम्रो खानालाई कार्बोहाइड्रेट, प्रोटिन र फ्याट यी तीन भागमा विभाजित गरेर सोच्न थालिएको छ । जबसम्म हामी यो सोंचाई राख्छौं, तब कुनै दिन हामी प्रोटिनबाट टाढा रहन्छौ । कुनै दिन कार्बोहाइड्रेटबाट । कुनै दिन फ्याटबाट । जबकी यि प्राकृतिक खानेकुरा हुन् ।
आफ्नो शरीरलाई तब राम्ररी मेन्टेन गर्न सक्छौं, जब रैथाने, मौसमी र परम्परागत खानेकुरा खान्छौं । यसबाट नै हामीलाई पर्याप्त पोषक तत्व प्राप्त हुन्छ ।
अहिले धेरै हिडन हंगर बढिरहेका छन् । अर्थात यस्ता व्यक्ति जससँग खानाका लागि पर्याप्त छ । तर, त्यसको बावजुद त्यसमा भिटामिन बि–१२, भिटिामिन डि, हेमोग्लोबिन, आइरनको समस्या भइरहेको छ । यो समस्या त्यसकारण आएको छ कि, हामीले जसरी खाना पकाउनुपथ्र्यो, त्यसरी पकाएका छैनौ । पकाएपनि खान डराउँछौ ।
तपाईले खानपानसँग सम्बन्धित पुस्तक पनि प्रकाशित छ, नयाँ किताब प्रेग्नेन्सी नोट्समा पाठकले के नयाँ कुार पाउँछन् ?
अहिले प्रेग्नेन्सीका बारेमा सम्पूर्ण जानकारी गुगलबाट प्राप्त हुन्छ । एकदमै सजिलो ढंगले । तर, गुगलमा जे जानकारी मिल्छ, त्यो हाम्रो संस्कृति, परम्परा अनुरुप छैन । त्यहाँ जुन खानेकुरा बताइएको हुन्छ, त्यो हामीसँग उपलब्ध हुँदैन । हाम्रो हावापानीसँग मिल्दो पनि हुँदैन ।
प्रेग्नेन्सीको अवस्थामा हामी केहि नयाँ खानेकुरा ट्राइ गर्छौ भने त्यसका लागि हामीसँग सेफ हुँदैनन् । साथसाथै त्यसको प्रमाण पनि हामीसँग हुँदैन कि, यो चिज खानुपर्छ, त्यो खानु हुँदैन भन्ने । मैले पुस्तकमा जे कुरा बताएकी छु, त्यो प्रमाणसहित छ । अहिलेका आधुनिक महिलाले परम्परागत खानपान वा रैथाने खानपानलाई जोड दिनुपर्छ ।
तपाई ताजा वा घरमा पकाएको खानेकुराको कुरा गर्नुहुन्छ, अहिलेका कामकाजी महिलासँग घरमा पकाउने समय हुन्छ ?
म युवतीहरुलाई के सल्लाह दिन्छु भने त्यस्तो पुरुष छनौट गर, जसलाई खाना पकाउन आउँछ । यदि भान्सामा पुरुषले पनि तपाईलाई सघाउँछ भने परिवारको स्वास्थ्य राम्रो हुन्छ । बाहिरको खानाले सबैको स्वास्थ्य बिगार्छ । खानाको कारणले पछि औषधी खानु छ, अस्पताल धाउनुछ भने अहिले किचनमा काम गर्न किन समय निकाल्न गाह्रो ?

युवा जोडीले जति धेरै भान्सामा समय गुजार्छन्, परिवारले उत्तिकै स्वादिष्ट र स्वास्थ्य खानेकुरा पाउँछन् । यसले उनीहरुबीच प्रेम पनि बढ्छ ।
तपाई भन्नुहुन्छ रैथाने खानुपर्छ, गाउँको खानुपर्छ । तर, त्यस क्षेत्रका बच्चाहरु किन कुपोषित छन् ?
अहिले ग्रामिण क्षेत्रमा खासगरी आदिवासी बस्तीमा जुन परम्परागत ज्ञान थियो, त्यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएन । पूर्खाहरुले जे खान्थे, अर्को पुस्तामा त्यो ज्ञान आएन । पूर्खाहरुले त खानेकुरा पहिचान गरेका थिए, कुन समयमा के खाने भन्ने अभ्यास गरेका थिए । तर, आधुनिकताको नक्कल गर्ने क्रममा उनीहरुले यस्ता खानपान शैली त्याग्दै गए । बजारको खानेकुरामा आश्रति हुँदै गए । न उनीहरुले पूर्णत आधुनिक खानपानलाई अंगाल्न सके, न परम्परागत खानेकुरालाई निरन्तरता दिन सके । त्यही कारण उनीहरुमा पोषण तत्वको अभाव भयो ।
दुब्लो पातलो देख्न चाहने युवतीलाई के सुझाव दिनुहुन्छ ?
म ति युवतीहरुलाई भन्न चाहन्छु कि, यदि माया पिरतीले दिनको चैन र रातको निद्रा उड्यो भने, ठिक छ । तर, डाइटिङ उडाउनु हुँदैन । खाना हाम्रो यस्तो हुनुष्पर्छ, जो हरेक विहान उठ्नसाथ व्यायाम गर्न उक्साउँछ । तब सम्झनुहोस् तपाईको डाइट ठिक छ । सही डाइट त्यही हो, जसले दिनभर तपाईलाई काम गर्ने उर्जा दिन्छ । राती राम्रो निद्रा दिन्छ । हामीले यस्तो खानपान गर्नुपर्छ, जो पचास बर्षपछि पनि निरन्तर खान सकियोस् । यसको मतलब यो हो कि, आजको भोलि नै तौल घटाउने, स्लिम हुने सोच छाड्नुपर्छ । दीगो ढंगले खानपान मेन्टेन गरेर शरीरलाई फिट एन्ड फाइन राख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *