क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा प्रथम चौमासिक समीक्षा गोष्ठी सम्पन्न

इटहरी । सुनसरीमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले प्रथम चौमासिक समीक्षा गोष्ठी आइतबार सम्पन्न गरेको छ ।
सो समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का योजना तथा समन्वय निर्देशक डा. रामचन्द्र अधिकारीले प्रदेश १ मा धानको नयाँ जात आविस्कार गर्न कृषि अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले भने–‘प्रदेश एकका सहभागि कृषि वैज्ञानिकहरुले अब धानलाई फोकस गर्नुपर्छ ।’ धानका साथै प्रदेश १ लाई अण्डामा आत्मनिर्भर बनाउनु पर्नेमा उनको जोड थियो । तरहरामै रहेको राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउन उनले निर्देशन दिएका छन् । निर्देशक अधिकारीले सुन्तला जात अनुसन्धान केन्द्र पाख्रीवासमा प्राविधिक जनशक्ति समायोजन गर्न नसकिएको स्वीकार गरे । उनले भने–‘पाख्रीवासमा कोही जान मान्दैन ।’ उनले कृषि क्षेत्रमा अनुसन्धानकर्ताहरु कमी भइरहेको बताए । निर्देशक अधिकारीले कृषि मजदुरलाई आवश्यकता अनुसार बोलाउन सुझाव दिए ।
उनले प्रगती प्रतिवेदनको समीक्षा गर्दै खरिद समितिलाई पारदर्शी बनाउन निर्देशन दिएका छन् । समीक्षा गोष्ठीको अध्यक्षता गर्दै क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका निर्देशक टिकाराम चापागाईंले प्रदेश सरकारले अनुसन्धानका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *