किसान साकोसको साधारणसभा

इटहरी÷किसान बचत तथा ऋणा सहकारी संस्था लि इटहरीको १७ औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो सहकारीले आफ्नो १७ औ साधारणसभासम्ममा आइपुग्दा १ करोड १५ लाख रुपियाँको लागतमा ३ कट्ठा सवा पाँध धुर जमिन खरिद गरी भवन निर्माणको तयारीमा जुटेको प्रतिवेदन प्रस्तुत गरेको छ । सोही समारोहमा उत्कृष्ठ कर्मचारी भगवता पाठक तथा सञ्चारकर्मी कृष्ण भट्टराई र जिल्ला बचत तथा ऋण सहकारी सङ्घका जिल्ला अध्यक्ष दामोदार कोईरालालाई सहकारी अभियन्ता घोषणा गर्दै सम्मान र पुरस्कृत समेत गरेको छ । साधारणसभा संस्थाका अध्यक्षका शालिग्राम ढकालको अध्यक्षतामा भएको थियो ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *