किराना पसलमा आगलागी

विराटनगर÷विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा शनिबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करीब ३ बजे भएको सो आगलागीमा करीब रु तीन लाख बराबरको सामान र पसल घर जलेर नष्ट भएको छ । पसलसँगै रहेको मोटर ग्यारेजको एउटा गाडीको आधा भाग जलेको छ । आगलागी कसरी भयो थाहा पाउन सकिएको छैन । विराटनगर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *