एडस् दिवसमा प्रभातफेरी

इटहरी÷विश्व एडस दिवसको अवसरमा इटहरीमा पञ्चेबाजा सहित प्रभातफेरी गरिएको छ । इटहरी उपमहानगरको आयोजनामा विभिन्न संघ संस्थाको सहभागितामा प्रभातफेरी गरिएको हो ।
प्रभातफेरी पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले एचआइभी संक्रमितलाई भेदभाव र दुव्र्यवहार होइन माया ममता प्रदान गर्नु पर्नेमा जोड दिइन् । उनीहरुलाई खुशी साथ बाँच्ने अवस्था सृजना गर्न उनले आग्रह गरिन् । इटहरी अस्पतालमा निःशुल्क एचआइभी परीक्षण गरिने भएकाले परीक्षण गरी आ–आफनो अवस्था पहिचान गर्न इटहरी उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अघिकृत रामचरण चौधरीले आग्रह गरे । एचआइभी जाँच गरौं, आ–आफनो अवस्था पहिचान गरौं भन्ने नाराका साथ शनिबार विश्व एडस दिवस मनाइएकोछ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको गतसालको तथ्याँक अनुसार सुनसरीमा १२ सय र इटहरीमा ८५ जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *