आइज्याक न्यूटनका २० प्रेरक वाणी

जसले हाम्रो सोंच बदल्छ अर्बौं जनसंख्या भएको यो विश्वमा कति मानिस जन्मिन्छन् र मर्छन् कुनै हिसाब किताब हुँदैन । तर, केही यस्ता मानिस पनि हुन्छन् जसलाई यो दुनिया छोडेर गएको शताब्दियौं पछिसम्म पनि सम्झिइन्छ ।
आफूले गरेका राम्रो कामको कारण उनीहरुले आफूलाई अमर बनाउँछन् । यस्तै मानिसहरु मध्ये एक हुन् बेलायती वैज्ञानिक सर आइज्याक न्यूटन ।
विज्ञानको दुनियामा आइज्याक न्यूटन यस्तो हस्ती हुन् जसले गुरुत्वाकर्षणको नियम र चालको नियम सबैभन्दा पहिले प्रतिपादन गरेका थिए ।
उनले गुरुत्वाकर्षणको नियम बताउँदै भनेका थिए, ‘कुनै अज्ञात शक्तिले चीजलाई आफूतर्फ खिच्छ । यो नियम ब्रहृमाण्डको प्रत्येक कणमा लागु हुन्छ । हरेक कण ले अर्को कणलाई आफूतिर खिच्छ ।’
न्यूटन विश्वचर्चित वैज्ञानिक मात्रै नभई एक दार्श्निक पनि थिए । आज हामी आइज्याक न्यूटनको महान विचारको बारेमा कुरा गर्न गइरहेका छौं ।
आइज्याक न्यूटनको प्रेरक भनाईहरु
– हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ
– जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।
– म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।
– हामी मानिसले पर्खाल त धेरै बनायौं तर, पुल पर्याप्त बनाएनौं ।
(म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन ।
– उत्थान पछि विनाश पनि सम्भव छ ।
– त्रुटी कलामा हुँदैन बरु कलाकारमा हुन्छ ।
(यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।
(म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो ।
(कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।
– एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।
(प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।
– मेरो लागि सांसरिक सम्मान वा गौरव कहिल्यै पनि विज्ञानको क्षेत्रमा प्रगति भन्दा ठूलो होइन ।
– यदि म अरुको तुलनामा आफूलाई अगाडि पाउँछु भने यस्तो दिग्गजको काँधको सहारामा नै गर्न सकेको हुँ ।
– धैर्य नै प्रतिभा हो ।
– कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औंला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्छ ।
– प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।
– कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।
– म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ । जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।
– कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।(अनलाइन खबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *