अपरिपक्व सरकार र जनतामा पर्न गएको सास्ती

  शालिग्राम पाण्डे

सरकार भनेको जहिले पनि दुरदर्शी, समस्याको समाधान गर्ने हुनुपर्छ र सरकारले लोभलालचमा नफसीकन विना भेदभाव काम गर्नु पर्छ । सरकारले निर्णय गर्दा दायाँ,बायाँ, वर पर, अघी पछि पर्न आउने सम्भावनालाई हेरेर अध्ययन गरेर मात्र निर्णयहरु गर्नुपर्छ । हचुवाका भरमा निर्णय गर्दा मुलुक र जनतालाई दीर्घकालिन असर पर्ने छ अर्थात मुलुकले ठूलो नोक्सान व्यहोर्नु पर्नेछ । २०४८ सालमा अरुण तेश्रो आयोजना फर्कदा मुलुकले ठूलो नोक्सान व्यहोर्नु प¥यो । अरुण तेश्रो योजना अनुसार नेपालमा विद्युत उत्पादन गरिएको भए आज नेपालीका सबै घरमा बत्ती झलमल्ल हुने थियो र विदेशी मित्रराष्ट्रलाई विद्युत विक्रि गरेर नेपालले राम्रो आम्दानीको श्रोत बन्ने थियो । सरकारले पटक पटक विवादित निर्णयहरु गरेर नेपाली जनतालाई हैरान पारेकोछ । पछिल्लो समयमा आएर ओली सरकारले झनै लज्जास्पद् कार्यहरु गरिरेहेको अवस्था छ ।
हिजो युनिटीलाई नामको नेटवर्किङ विजीनेसका कार्यक्रमहरुमा मन्त्रीहरु नेताहरु गएर कार्यक्रमलाई संबोधन गरेका कारण सो नेटवर्किङ विजीनेसले लाखौ जनतालाई ठगी गर्न सफल भयो । आज एउटा विभिन्न देशमा फैलिएको गैरसरकारी संस्थाको आयोजना
भैरहेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न उच्च ओहदाका पदाधीकारीहरु अनाहकमा उपस्थित भएर मुलुकको अस्तित्व गुमाउने कार्य भैरहेको छ । नेपालमा क्रिश्चियनहरुको धर्म सम्बन्धि सम्मेलनमा आउने गैरसरकारी संस्थाले बोलाएका पाहुनाहरुलाई सुरक्षा दिनु स्वभािवक भए पनि प्रधानमन्त्रीनै उपस्थित हुनुपर्ने अनि यातायातका साधनमा जोर विजोर प्रणाली ल्याएर आम जनतालाई सास्ती दिने , गैरसरकारी संस्थाका पाहुनालाई स्वागत गर्न उपप्रधानमन्त्री जाने कार्य प्रधानमन्त्रीले भोज दिने लगायतका आदी कार्य विवादित बनेकाछन् । यस अघिको सरकारले गैर सरकारी संस्थाले गरेका विभिन्न कार्यक्रमहरुमा सरकारका मन्त्रीहरु, सरकारी कर्मचारीहरु सहभागी नहुने भनेर निर्णय समेत गरिएको थियो । त्यस्तो निर्णय किन गरियो ? त्यसका पछि कुनै न कुनै रहस्य भएरु नै त्यस्तो निर्णय गरियो होला । अहिले फेरी त्यसरी एउटा गैर सरकारी संस्थाले गरेको कार्यक्रममा नेपाल सरकारको ढीकुटीबाट खर्च भैरहेको अवस्था छ । हाम्रो देशका नेताहरु, सरकारका प्रधानमन्त्री, मन्त्रीहरुले सही र गलत छुट्याउन नसकेको हो ? हाम्रा प्रधानमन्त्री, मन्त्रीहरु, नेताहरु सिँगान पुुसेको र नाक काटेको थाहा पाउन नसक्ने हुन् । धर्मको प्रचार गर्न आएको गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सहभागी हुन मिल्दैन । प्रधानमन्त्रीले अन्य मन्त्रीहरु, नेपाल सरकारका कर्मचारीहरुलाई समेत सो कार्यक्रममा सहभागी नहुृन सूचना जारी गर्नु पर्ने हो ।
नेपाल सरकारले के बुभ्mन आवश्यक छ भने मानौ भोली नेपालका मुस्लीम धर्मावलम्बीहरु, हिन्दु धर्मावलम्बिहरु अर्थात नेपालको गैरसरकारी संस्थाले गरेको कुनै कार्यक्रममा नेपालीलाई भुटानले त्यसरी मान्यता दिन्छन् त ? भुटानमा (विदेशमा) कुनै धार्मीक कार्यक्रम गर्न लागे भने भुटान सरकारले विदेशबाट आएका पाहुनालाई त्यसरी स्वागत गर्ला त ? अर्थात भुटानका मन्त्रीहरु त्यसरी पाहुनालाई स्वागत गर्न जान्छन् त ? नेपाल सरकारले यसलाई के देखेर यसरी मन्त्रीलाँई स्वागत गर्न पठाएको हो । नेपाल सरकारले आमन्त्रण गरेका पाहुनालाई सत्कार सम्मान गर्ने हो । कुनै गैरसरकारी संस्थाले निमन्त्रणा गरेका पाहुनालाई नेपाल सरकारको परम्परा , अन्तराष्ट्रिय परम्परा तथा नियम अनुसार सुरक्षा सम्म दिन मिल्ला तम सरणम् प्रभु भनेर सरकारी ढिकुटीबाट रकम खर्च गर्न र ती पाहुनालाई स्वागत गर्न मिल्दैन ।
ओली सरकार नेपाललाई समृद्ध बनाउने भन्छन् अनि यस्ता साना तिना अल्झनमा फस्छन्, कसैले सिँगान पुछीदिने बहानामा नाक काटीरहेको छ तर ओलि सरकारलाई त्यसवारेमा थाहा छैन । नेपालीहरुको विडम्बना । मुलुकमा हत्या, हिंसा, अपहरण, बलत्कार जस्ता अपराध भैरहेको छ प्रहरी प्रसासनले अपराध न्यूनिकरण गर्न सकिरहेको अवस्था छैन यस्तो अवस्थामा नेपाल सरकारको ध्यान कुनै गैरसरकारी संस्थाले धर्मको प्रचार गर्न अर्थात आप्mनो प्रभाव फैलाउन गरिएको कार्यक्रमलाई कतिन ठूलो काम गरे जस्तो गरि रहेको छ । ओली सरकार अपरिपक्व अदुरदर्शी छ भन्ने कुरा पटक–पटक दोहोरिएको छ । अब जनताले ओली सरकारका हरेक गतिविधि नियालेर गलत कामका लागि अग्रीम सचेत गराउने यदि सचेत नभएमा त्यसको तत्काल विरोध गर्न आम नेपाली जनता लाग्नु पर्ने भएको छ । नेपाली जनता जागरुक नभएमो ओली सरकारले भोली ठूलो दुर्घटना निम्त्याउन सक्ने छ । अब हामी नेपाली जागरुक हुनैपर्छ देशको ढिकुटी कुनै गैरसरकारी संस्थाका पाहुनालाई भोजभतेर गर्न, सुरक्षामा खटाउन आदीमा सक्न दिनु हुँदैन । र सरकारका जोर विजोर प्रणाली ले जनतालाई आवागमनमा धेरै सास्ती पर्न गएकाले यस्ता अपरिपक्व तथा आधार हिन निर्णयहरु सरकाले तत्काल फिर्ता लिनु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *