अग्निपीडितलाई आर्थिक सहयोग

उर्लाबारी÷यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई शनिबार आर्थिक सहयोग गरेको छ । सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी–७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो । अधिकारीलाई रु तीन लाख २० हजार, अनु–अनुसा किराना पसलका सञ्चालिका अञ्जना कार्कीलाई रु एक लाख ३० हजार र भोजपुरे भाँडा पसलका सञ्चालक गणेश बोहरालाई रु ४० हजार सहयोग गरिएको सङ्घका अध्यक्ष प्रीतम खड्गीले जानकारी दिए । सङ्घले अध्यक्ष खड्गीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी नगरका होटल र सुनचाँदी व्यवसायी, मैथिली समाजलगायत स्थानीय व्यवसायीसँग रकम सङ्कलन गरेर अग्निपीडितलाई हस्तान्तरण गरेको हो । यही मङ्सिर ४ गते अधिकारीका घरबाट विद्युत् चुहावट भई आगलागी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *