वडा कार्यालय भवन शिलान्यास

चितवन/ भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । नेकपा अध्यक्ष तथा एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासमा रचनात्मक सहयोग गर्नुभएको नगर प्रमुख दाहालको भनाइ थियो ।

कार्यालय भवन निर्माण गर्न स्थानीय प्रेमनाथ कोइराला र पद्मावती कोइरालाले प्रदान गर्नुभएको दुई कठ्ठा जग्गामा रू ७० लाखको लागतमा दुई हजार स्क्वायर फिटको पक्की भवन बन्ने भएको छ । (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *