राष्ट्रिय माविको बार्षिक उत्सव

इटहरी÷राष्ट्रिय माध्यमिक विद्यालय इटहरी–१ ले विहिवार विविध शैक्षिक कार्यक्रमसहित ६३ औं बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
विद्यालयले स्थापनाको बार्षिकोत्सवसँगै विद्यार्थीहरुको शिक्षालाई प्रभावकारी तुल्याउने विषयमा गरिएका बिभिन्न कार्यक्रमका विजेताहरुलाई सम्मान एवम पुरस्कार समेत वितरण गरेको छ । पूर्व राज्यमन्त्री एवम साँसद सिताराम मेहताको प्रमुख आतिथ्यतामा भएको बार्र्षिकोत्सव कार्यक्रममा बिभिन्न शिक्षासेवी दाताहरुद्वारा स्थापित छात्रबृत्ती पुरस्कार सहित बार्षिक परीक्षाका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएकोछ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सिटीईभिटी इटहरीका निर्देशक डा. शिवप्रसाद दाहाल, मणिराज गिरी, दिलकुमार वन, रामप्रसाद श्रेष्ठ लगायतले विद्यालयको शैक्षिक गतिविधिका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
साथै उक्त अवसरमा विद्यार्थीहरुद्वारा विविध साहित्यिक कार्यक्रमसँगै साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए । सोही अवसरमा विद्यालय स्थापनाका लागि महत्पूर्ण योगदान दिने शिक्षासेवीहरुलाई सम्मान समेत गरिएको थियो ।टहरी÷राष्ट्रिय माध्यमिक विद्यालय इटहरी–१ ले विहिवार विविध शैक्षिक कार्यक्रमसहित ६३ औं बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
विद्यालयले स्थापनाको बार्षिकोत्सवसँगै विद्यार्थीहरुको शिक्षालाई प्रभावकारी तुल्याउने विषयमा गरिएका बिभिन्न कार्यक्रमका विजेताहरुलाई सम्मान एवम पुरस्कार समेत वितरण गरेको छ । पूर्व राज्यमन्त्री एवम साँसद सिताराम मेहताको प्रमुख आतिथ्यतामा भएको बार्र्षिकोत्सव कार्यक्रममा बिभिन्न शिक्षासेवी दाताहरुद्वारा स्थापित छात्रबृत्ती पुरस्कार सहित बार्षिक परीक्षाका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएकोछ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सिटीईभिटी इटहरीका निर्देशक डा. शिवप्रसाद दाहाल, मणिराज गिरी, दिलकुमार वन, रामप्रसाद श्रेष्ठ लगायतले विद्यालयको शैक्षिक गतिविधिका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
साथै उक्त अवसरमा विद्यार्थीहरुद्वारा विविध साहित्यिक कार्यक्रमसँगै साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए । सोही अवसरमा विद्यालय स्थापनाका लागि महत्पूर्ण योगदान दिने शिक्षासेवीहरुलाई सम्मान समेत गरिएको थियो ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *