मेयर कपको उपाधी दस नम्बर वडालाई

दुहवी÷सुनसरीको दुहवीमा जारी नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको बुधवार भएको अन्तिम फाइनल खेलमा वडा नम्बर १० ले वडा नं.७ लाई ८–० धेरै फराकिलो गोलको अन्तरमा पराजित गर्दै उपाधी हात पारेको छ ।
उपाधी तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष रमेश रौनियारले शुभ कामना मन्तवय व्यक्त गरेका थिए । उनले दुहवी नगरपालिकाको खेलाडीको उज्वल भविश्यको लागि खेलको सुरुवात गरेको विचार व्यक्त गरे ।
त्यसैगरी, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य दीपक राईले पनि खेलाडीहरुका लागि खेललाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिए । यसै क्रममा प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पनि दुहवीलाई फुटवल श्रेत्रमा पहिले देखिनै चिन्दै आएको र यसलाई अझ अगाडी बढाउदै भविष्यमा राम्रो व्यवसायिक खेलाडी उत्पादन गर्दै लैजाने एउटा लक्ष्य लिएको बताए ।
फाइनल खेलमा प्रथम हुने टिम दुहवी वडा नं. १० सिमरियालाई नगद रु ५१ हजार सहित ट्रफि र मेडल उक्त कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले प्रदान गरेका थिए । त्यसैगरी दोस्रो हुने टिम दुहवी वडा नं. ७ भलुवालाई नगद रु २५ हजारसहित ट्रफि र मेडल अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य दीपक राईले उक्त पुरस्कार प्रदान गरे । उत्कृष्ट खेलाडी म्यान अफ द म्याच वडा नं. १० का खेलाडी जर्सी नं. १० का कुन्दन चौधरीले नगद रु १ हजार सहित मेडल प्राप्त गरे सो पुरस्कार एलेभन एरोज क्लवका भूपू खेलाडी तथा समाज सेवी कुमारजंग थापाले प्रदान गरेका थिए । संजय शाहीबाट

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *